असोज २५, २०८३ आइतबार October 11, 2026

कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण

पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

म्याग्दी, २५ वैशाखः बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेका बताउनुभयो ।

विसं २०८१ वैशाख ११ मा कैकुखोलाको पुल बनाउन रु पाँच करोड ३४ लाख ६३ हजार ६२४ मा ठेक्का सम्झौता भएको थियो । पुलमा पुग्ने पहुँचमार्गको स्तरोन्नतिका साथै बाढी र कटान रोकथाम गर्ने संरचना पनि निर्माण भएका छन् ।

पर्वतको लामढुङ्गादेखि चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाकासम्म २०२ किलोमिटर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत हालसम्म १५ वटा पक्की पुल निर्माण भएका छन् । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एउटा पुल निर्माणाधीन छ । सो सडकमा छ वटा ‘बेलिब्रिज’ पनि निर्माण भएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
२०८३ असोज २५, आइतबार
बेनी-जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ प्रस्थान
२०८३ असोज २५, आइतबार
पाकिस्तानमा इमरान खानको पार्टीको सरकार बर्खास्त
२०८३ असोज २५, आइतबार
बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर
२०८३ असोज २५, आइतबार
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
२०८३ असोज २५, आइतबार
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
२०८३ असोज २५, आइतबार
एमालेको ‘मिसन पार्टी जागरण अभियान’: कोटेश्वरमा ‘६-ज’ नीतिबारे अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला
२०८३ असोज २५, आइतबार