बैसाख २७, २०८३ आइतबार May 10, 2026

लायन्स ३२५ के नेपालमा नयाँ नेतृत्व सक्रिय, बागमती क्षेत्रको टिम आज घोषणा

लायन्स ३२५ के नेपालको बागमती क्याबिनेट आज विस्तार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ का लागि नव निर्वाचित क्याबिनेट टिम विस्तारलाई तीव्रता दिएको छ। डिस्ट्रिक्टका नवनिर्वाचित गभर्नर रमेश अधिकारीले आज साँझ काठमाडौंमा  विशेष औपचारिक समारोहमार्फत बागमती क्षेत्रअन्तर्गतको क्याबिनेट विस्तार सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो।

लायन्स संगठनको नयाँ नेतृत्व चयनपछि संगठनात्मक संरचनालाई पूर्णता दिने उद्देश्यसहित क्याबिनेट विस्तार प्रक्रिया अघि बढाइएको बताइएको छ। त्यसैगरी, मंगलबार गण्डकी–धौलागिरी क्षेत्रको क्याबिनेट विस्तार घोषणा गर्ने तयारीसमेत गरिएको स्रोतले जनाएको छ।

गत वैशाख १२ गते काठमाडौंमा सम्पन्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको चौथो राष्ट्रिय अधिवेशनबाट रमेश अधिकारी गभर्नरमा निर्वाचित भएका थिए। यस्तै, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नरमा विष्णुहरी फुयाल तथा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नरमा हसनकुमार गोपाली निर्वाचित भएका थिए। निर्वाचनलगत्तै नवनिर्वाचित गभर्नर अधिकारीले आफ्नो प्रारम्भिक क्याबिनेट टिम घोषणा गर्दै संगठनलाई अझ प्रभावकारी, उत्तरदायी र सेवा केन्द्रित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रारम्भिक रूपमा घोषणा गरिएको क्याबिनेटअनुसार डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा गणेश जिसी र कोषाध्यक्षमा चुडामणि सिलवाल मनोनित भएका छन्। त्यसैगरी, डिस्ट्रिक्ट एक्जक्युटिभ काउन्सिलरमा ज्ञानु बुर्लाकोटी, डिस्ट्रिक्ट चिफ एडभाइजरमा मिनराज काफ्ले, पीआरओ इन चिफमा सुरेन्द्रबाबु श्रेष्ठ, चिफ एडमिनिस्ट्रेटरमा मुना थापा तथा गभर्नर थीम चिफमा श्रीकृष्ण मानन्धरलाई जिम्मेवारी दिइएको छ।

यसैगरी, डिस्ट्रिक्ट चिफ एओजीमा महेश पौडेल, मिसन १.५ चिफमा महाप्रसाद पाण्डे, चिफ एक्जक्युटिभ एडभाइजरमा काजीमान गुरुङ तथा चिफ एक्जक्युटिभ को-अर्डिनेटरमा बसन्त गिरीलाई मनोनयन गरिएको छ।

लायन्स संगठनभित्र आगामी कार्यकालका लागि प्रभावकारी नेतृत्व, सेवा अभियानको विस्तार, सदस्यता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेर क्याबिनेट गठन प्रक्रिया अघि बढाइएको गर्भनर अधिकारीले बताए । विशेषगरी बागमती क्षेत्रका विभिन्न जिल्लाबाट अनुभवी तथा सक्रिय लायन्सकर्मीलाई समेटेर क्याबिनेट अफिसर्स बिस्ता। गरिने तयारी रहेको जनाइएको छ।

नवनिर्वाचित गभर्नर अधिकारीले संगठनलाई आधुनिक सोच, युवा सहभागिता र सेवामूलक अभियानमार्फत नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित टिम निर्माण गरिएको बताएका छन्। आज हुने कार्यक्रमलाई लायन्सकर्मीबीच चासोका साथ हेरिएको छ भने बागमती क्षेत्रको जिम्मेवारी कसले पाउने भन्ने विषयलाई विशेष महत्वका साथ हेरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया