बैसाख २९, २०८३ मंगलबार May 12, 2026

मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता

डुङ्गामा सवार ३७ जना मध्ये २३ जना पीडितको उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मलेसिया कोलालम्पुर, २९ वैशाख : मलेसियाको पश्चिमी तटमा रहेको पाङ्कोर टापुमा इन्डोनेसियाका ३७ जना कागजात विहीन आप्रवासी बोकेको डुङ्गा डुब्दा १४ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

पेराकमा स्थित मलेसियन मेरिटाइम एन्फोर्समेन्ट एजेन्सी (एमएमइए) ले सोमबार एक जना स्थानीय माझीले समुद्रमा जीवित व्यक्तिहरू तैरिरहेको भेटेर सुचना गरे पछि घटनाको आशङ्का गरी उद्धार प्रयास गरिएको बताएको छ ।

प्रारम्भिक अनुसन्धानले डुङ्गामा सवार ३७ जना मध्ये २३ जना पीडितलाई उद्धार गरिएको जनाएको छ भने बाँकी व्यक्तिहरू पत्ता लगाउने प्रयास जारी छ । पेराक एमएमइएका निर्देशक मोहम्मद शुकरी खोटोबले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानले आप्रवासीहरू मे –९ मा इन्डोनेसियाको किसरनबाट पेनाङ, तेरेङ्गानु, सेलान्गोर र क्वालालम्पुर लगायत मलेसियाका अन्य गन्तव्यहरूतर्फ हिडेको उल्लेख गर्नु भएको छ ।

एजेन्सीले बेपत्ता व्यक्तिहरूको खोजी गर्न डुङ्गा, हेलिकप्टर तथा विमान तैनाथ गरेको उहाँले बताउनु भएको छ । उद्धार गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रहरीलाई बुझाएको जनाएको छ ।

मलेसिया एसियाका गरिब भागहरूबाट आएका लाखौं आप्रवासीहरूको मुख्य गन्तव्य हो, जस मध्ये धेरै जना कागजात विहीन छन् जसले निर्माण र कृषि लगायत उद्योगहरूमा काम गरिरहेको जनाइएको छ ।

यद्देपी मानव बेचबिखनको अखडा बनाइएका सिमाहरुमा प्रायः खतरनाक हुनेगरेको र जसले गर्दा डुङ्गाहरू डुब्ने गरेको बताएको छ ।

यस अघि सन् २०२५ नोभेम्बर मा थाई–मलेसियन तट नजिकै अनियमित आप्रवासी बोकेको डुङ्गा पल्टिदा ३६ जना आप्रवासीहरूको मृत्यु भएको थियो ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
२०८३ बैसाख २९, मंगलबार
संविधान संशोधनका लागि सर्वपक्षीय सुझाव आयोग बनाउन आङ्देम्बेको माग
२०८३ बैसाख २९, मंगलबार
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच शीतल निवासमा भेटवार्ता
२०८३ बैसाख २९, मंगलबार
मलेसियामा डुङ्गा डुब्दा १४ जना वेपत्ता
२०८३ बैसाख २९, मंगलबार
मेची पुलबाट ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु
२०८३ बैसाख २९, मंगलबार
सेनाद्वारा च्याम्ताङ–घोङ्गप्पा सडक हस्तान्तरण
२०८३ बैसाख २९, मंगलबार
खुल्ला महिला कबड्डी प्रतियोगिता : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच भीडन्त हुँदै
२०८३ बैसाख २९, मंगलबार