कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको सम्भावित कार्यसूची ?
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल तथा त्यसमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तथा त्यसमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया