बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो ।

सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो । सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि ११ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।

यस्तो छ आजको सम्भावित कार्यसूची ?
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल तथा त्यसमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तथा त्यसमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा ऋषीकेश वाग्लेलाई
२०८३ बैसाख ३१, बिहिबार
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. बज्राचार्यलाई
२०८३ बैसाख ३१, बिहिबार
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
२०८३ बैसाख ३१, बिहिबार
एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
२०८३ बैसाख ३१, बिहिबार
शिक्षामन्त्री र विश्व बैङ्कका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
२०८३ बैसाख ३१, बिहिबार
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
२०८३ बैसाख ३१, बिहिबार
बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी
२०८३ बैसाख ३१, बिहिबार