बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

हिंसा रोक्ने उद्देश्यले गरिएको युद्व विराम सम्झौताको बाबजुद पनि बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नु परेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरुत, ३१ वैशाख । युद्धविराम सम्झौताको बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिक युद्वको मारमा परेको संयुक्त राष्ट्र सङ्घिय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत १६ र १७ को मध्यरातमा युद्धविराम लागु भए देखि कम्तिमा २३ जना बच्चाको मृत्यु भएको छ भने ९३ घाइते भएका छन् । गत मार्च –२ देखि २०० जना बालबालिकाको मृत्यु भएको र ८०६ जना घाइते भएको उल्लेख गरिएको छ ।

लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र स्थानीय मिडियाका अनुसार दक्षिणी र मध्य लेबनानमा बुधबार भएको इजरायली आक्रमणमा महिला तथा बालबालिका सहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

महिनौंको डरबाट त्रसित हुँदै बालबालिकाहरु कक्षाकोठामा फर्कने, साथीहरूसँग खेल्ने क्रममा द्वन्द्वको सिकार हुनु पुगेको मध्य पूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले बताउनुभएको छ ।

हिंसा रोक्ने उद्देश्यले गरिएको युद्व विराम सम्झौताको बाबजुद पनि बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नु परेको उल्लेख गर्दै उहाँले यसको परिणाम दिर्घकालिन हुन सक्ने बताउनुभएको छ ।

यसै वीच युनिसेफले लेबनानमा सात लाख ७० हजार भन्दा बढी बालबालिकाहरूले हिंसा, विस्थापन र हानिको बारम्बार जोखिमका कारण बढ्दो मनोवैज्ञानिक संकटको सामना गरिरहेको चेतावनी दिएको छ ।रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया