जेठ १, २०८३ शुक्रबार May 15, 2026

इरानको १४ बुँदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार: रिपोर्ट

इरानका सर्तहरू पूरा भए पछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान । संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्ने इरानको १४ बुँदे शान्ति प्रस्तावलाई अस्वीकार गरेको इरानी दैनिक अखबार तेहरान टाइम्सले शुक्रबार रिपोर्ट गरेको छ ।

इरानले दुई चरणको वार्ता प्रक्रियाको प्रस्तावसहित उक्त प्रस्ताव पेस गरेका तेहरान टाइम्सले जनाएको छ ।

प्रस्ताव अनुसार पहिलो चरणको लक्ष्य युद्धको अन्त्य गर्नु हो भने इरानका सर्तहरू पूरा भए पछि आणविक मुद्दा सम्बन्धी दोस्रो चरणको वार्ता सुरु हुनेछ ।

यस महिनाको सुरुमा, इरानले संयुक्त राज्य अमेरिकामा १४–बुँदे प्रस्ताव पेश गर्दै शत्रुता अन्त्य र आफ्नो क्षेत्र बाट अमेरिकी सेना को पूर्ण निकासीको आह्वान गरेको थियो ।

यो  प्रस्ताव अमेरिकी प्रस्तावको जवाफमा पाकिस्तानी मध्यस्थता मार्फत प्रदान गरिएको थियो ।

यस अघि वासिङ्टनको योजनाले दुई महिनाको युद्धविरामको आह्वान गर्दा, तेहरानल युद्धविरामको सट्टा “युद्धको अन्त्य“ मा केन्द्रित हुँदै ३० दिनको समयसीमा अनुरोध गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुख्यमन्त्री कार्यालय अगाडि वडाध्यक्षको धर्ना
२०८३ जेठ १, शुक्रबार
इरानको १४ बुँदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार: रिपोर्ट
२०८३ जेठ १, शुक्रबार
कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
२०८३ जेठ १, शुक्रबार
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने
२०८३ जेठ १, शुक्रबार
ट्रम्प-सीबीच व्यापार सहमति
२०८३ जेठ १, शुक्रबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
२०८३ जेठ १, शुक्रबार
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ जेठ १, शुक्रबार