जेठ १, २०८३ शुक्रबार May 15, 2026

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

बेइजिङले अनुरोध गरेको यो मार्ग बुधबार साँझ ‘इरानी व्यवस्थापन नियममामा समझदारी’ पछि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ । इरानी नौसैनिक बलले चिनियाँ जहाजहरूको एक समूहलाई मङ्गलबार रातिदेखि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जान अनुमति दिएको छ ।

इरानी समाचार समित तस्निमले नाम उल्लेख नगरिकन इरानी अधिकारीलाई उद्धृत गरी लेखेको छ, “इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनियाँ जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानुनअनुसार यात्रा गर्न अनुमति दिइएको छ ।”

बेइजिङले अनुरोध गरेको यो मार्ग बुधबार साँझ ‘इरानी व्यवस्थापन नियममामा समझदारी’ पछि सुरु भएको बताइएको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया