कार्तिक ८, २०८३ आइतबार October 25, 2026

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

फैसलासँगै चलचित्र ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १ जेठ : सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उच्च अदालत पाटनको अघिल्लो आदेशलाई नै सदर गर्ने निर्णय गर्नुभएको सर्वोच्च अदालतका सह प्रवक्ता निराजन पाण्डेले बताउनुभयो ।

‘लालीबजार’को टिजर सार्वजनिक, कहिले हुँदै छ रिलिज?उहाँले भन्नुभयो, “उच्च अदालतकै निर्णयलाई सदर गर्ने फौसला भएको छ । यो मुद्दा हाल उच्च अदालतमै रहेकाले त्यही कानुन बमोजिम गर्नु र ध्यानाकर्षण गरिएको भनेर फैसला दिइएको छ ।” चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै रोशनी नेपालीले सर्वोच्चमा मुद्दा दर्ता गर्नुभएको थियो । शुक्रबार भएको सुनुवाइ भएपछि अदालतले अन्तिम फैसला सुनाउँदै निवेदकको माग बमोजिम आदेश दिन अस्वीकार गरेको हो । यो फैसलासँगै चलचित्र ‘लालीबजार’ लाई प्रदर्शनको लागि कानुनी बाटो खुला भएको छ । चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीले चलचित्रमा कुनै समुदाय वा वर्गलाई ठेस पु¥याउने गरी कुनै दृश्य वा संवाद नभएको बताउनुभयो ।

“हामीले बनाएको चलचित्र हेरेर बादी समुदायकै अभियन्ताले धन्यवाद दिनुभएको छ । हालै मात्र सुर्खेतमा बादी समुदायकै १५० बढीले चलचित्र हेर्नुभएको थियो, जहाँ हामी उपस्थित हुँदा धन्यवाद दिनुभएको थियो । यो चलचित्रले शिक्षाको ज्योतिले जीविकोपार्जनमा ल्याउने परिवर्तनलाई देखाएको छ”, निर्माता खत्रीले भन्नुभयो ।

बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको कथा रहेको उक्त चलचित्रमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, समाइरा थापा, विशाल देवकोटा, प्रशंसा सुवेदीलगायतले अभिनय गर्नुभएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘लालीबजार’ गत वैशाख २५ देखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनरत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार