मकवानपुर, १ जेठः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
उहाँले बागमती प्रदेश मन्त्रीपरिषद्बाट सिफारिसबमोजिम आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेशसभाको हिँउदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया