जेठ ३, २०८३ आइतबार May 17, 2026

नाइजेरियामा आतंकवादीद्वारा दर्जानौँ बच्चाहरूको अपहरण

नाइजेरियाली सेनाले सहर छोडेको केही समय पछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अबुजा (नाइजेरिया), ३ जेठ : उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ ।

नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन् । नाइजेरियाली सेनाले सहर छोडेको केही समय पछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन् ।

सेनाले उक्त सहर छोडेको आधा घण्टा भन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतंककारीहरुले र प्राथमिक विद्यालय र शिशु स्यारका बच्चाहरूको अपहरण गरेको बासिन्दाहरूले बताएका छन् ।

अफ्रिकाको सबै भन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाले विगत १७ वर्ष देखि सशस्त्र सङ्गठनहरूसँग लडिरहेको छ । यी समूहहरूले बारम्बार अपहरण आक्रमण लगायतका आतंकवादी क्रियाकलापको माध्यामबाट स्थानीय वासीहरुलाई दुखः दिने गरेको जनाइएको छ ।

अबुजा (नाइजेरिया), २ जठे (रासस/क्यूएनए) : उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौं स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ ।

नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालय बाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन् । नाइजेरियाली सेनाले सहर छोडेको केही समय पछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन् ।

सेनाले उक्त सहर छोडेको आधा घण्टा भन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतंककारीहरुले र प्राथमिक विद्यालय र शिशु स्यारका बच्चाहरूको अपहरण गरेको बासिन्दाहरूले बताएका छन् ।

अफ्रिकाको सबै भन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाले विगत १७ वर्ष देखि सशस्त्र सङ्गठनहरूसँग लडिरहेको छ । यी समूहहरूले बारम्बार अपहरण आक्रमण लगायतका आतंकवादी क्रियाकलापको माध्यामबाट स्थानीय वासीहरुलाई दुखः दिने गरेको जनाइएको छ । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया