जेठ ९, २०८३ शनिबार May 23, 2026

इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द

कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसलाई अस्थायीरूपमा संयुक्त राज्य अमेरिकामा नो इन्ट्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लस एन्जलस (अमेरिका), जेठ ९ गते । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी )ले कानुनी मान्यता प्राप्त स्थायी बासिन्दा (ग्रीन कार्ड धारक )लगायतका अमेरिका प्रवेश गर्ने मानिसलाई पूर्वी र मध्य अफ्रिकामा चलिरहेको इबोला प्रकोपका कारण अस्थायी प्रवेश प्रतिबन्ध लागु हुने जनाएको छ ।

विस्तारित प्रतिबन्ध अन्तरगत अमेरिकी मावन स्वास्थ्य विभागद्वारा जारी गरिएको अन्तरिम  नियमको पालना गर्दछ जसले संयुक्त राज्य अमेरिकामा खतरनाक सङ्क्रामक रोगको विस्तार रोक्न संघीय सार्वजनिक स्वास्थ्य निर्देशन संशोधनसमेत गरेको छ । नयाँ नियम अन्तरगत, विगत २१ दिनभित्रको समयमा कङ्गो, युगान्डा, वा दक्षिण सुडानमा रहेका मानिसलाई अस्थायीरूपमा संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाइने छ ।

एजेन्सीका अनुसार हाल यस हप्ताको सुरुमा घोषणा गरिएको इबोला प्रकोपसँग सम्बन्धित प्रवेश प्रतिबन्धको दायरा विस्तार गरेको हो । सोमबार, सीडीसीले सार्वजनिक स्वास्थ्य संरक्षणार्थ ३०–दिनको प्रतिवन्द प्याकेजको अनावरण गरेको थियो जसमा यात्री स्क्रिनि र अनुगमनलाई सुदृढ पार्दै, केही गैर अमेरिकीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

नयाँ नियमले स्थायीरूपमा अमेरिका बसोबास गर्ने कार्ड भएकालाईसमेत अमेरिका फर्कन पूर्णरुपमा निषेध गरेको जनाइएको छ । सार्वजनिक स्वास्थ्यको रक्षा गर्न र आपतकालीन प्रतिक्रिया स्रोत व्यवस्थापन गर्न आवश्यक उल्लेख गर्दै अस्थायीरूपमा प्रवेश प्रतिबन्ध गर्ने अधिकार एजेन्सीलाई प्रदान गरेको जनाइएको छ । सीडीसीका अनुसार संयुक्त राज्य अमेरिकामा हालसम्म इबोला प्रकोपसँग सम्बन्धित कुनै घटना रिपोर्ट गरिएको छैन, भने आम जनताका लागि तत्काल जोखिम कम रहेको जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
२०८३ जेठ ९, शनिबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण
२०८३ जेठ ९, शनिबार
अन्तर्राष्ट्रिय महिला भलिबल : किर्गिस्तानमाथि नेपालको ३-० को जित
२०८३ जेठ ९, शनिबार
अहिलेसम्मका परिवर्तनकारी आन्दोलनमा युवाको उल्लेखनीय योगदान छ – मुख्यमन्त्री शाह
२०८३ जेठ ९, शनिबार
१५औं महाधिवेशन तयारीमा कांग्रेस : नुवाकोटमा सदस्यता अध्यावधिक अभियान सुरु
२०८३ जेठ ९, शनिबार
जुम्लामा स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या घट्यो
२०८३ जेठ ९, शनिबार
इबोला सङ्क्रमीत मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
२०८३ जेठ ९, शनिबार