जेठ २३, २०८३ शनिबार June 6, 2026

चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संरक्षणकर्मी, पर्यटन व्यवसायी तथा प्रकृतिप्रेमीको सहभागिता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर। विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित चरा अवलोकन कार्यक्रममार्फत संरक्षणसँगै चरा पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घको व्यवस्थापन, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइ धनगढी कैलालीको आयोजनामा तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको मुख्य उद्देश्य चराको संरक्षण गर्दै चरा अवलोकन पर्यटनलाई प्रवद्र्धन गर्नु रहेकोे छ । निकुञ्जभित्र पाइने दुर्लभ तथा विभिन्न प्रजातिका चराको अवलोकन गराउँदै संरक्षण र पर्यटनबीचको सम्बन्धबारे सहभागीलाई जानकारी गराइएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जैविक विविधताको अनुपम धरोहर भएको बताउनुभयो । उहाँले चरा पर्यटनले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने उल्लेख गर्दै प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा सबै पक्षले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले निकुञ्ज क्षेत्रमा ४६० भन्दाबढी प्रजातिका चरा अभिलेख गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेषगरी शिकारी ताल क्षेत्र चराको महत्वपूर्ण बासस्थानका रूपमा परिचित रहेको छ । उक्त क्षेत्रलाई रामसार सूचीमा सूचीकृत गर्न प्रस्ताव गरिएको जानकारी दिँदै उहाँले तालतलैया तथा सिमसार क्षेत्रको संरक्षण अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो ।

“सिमसार क्षेत्र जोगाउन सके मात्रै जलचर तथा प्रवासी चराको बासस्थान सुरक्षित रहन्छ,” प्रमुख संरक्षण अधिकृत चौधरीले भन्नुभयो, “चरा संरक्षण र पर्यावरणीय सन्तुलनका लागि तालतलैयाको संरक्षण अपरिहार्य छ ।”

डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले चरा पर्यटन प्रकृतिमा आधारित दिगो पर्यटनको महत्वपूर्ण आधार बन्दै गएको बताउनुभयो । उहाँले वन, वन्यजन्तु र चराको संरक्षणबाट पर्यटन क्षेत्रलाई थप सबल बनाउन सकिने उल्लेख गर्दै संरक्षणका गतिविधिमा स्थानीय समुदायको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

चराविद् हिरुलाल डगौराले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यमध्ये एक भएको बताउनुभयो । उहाँले यहाँ पाइने दुर्लभ, सङ्कटापन्न तथा प्रवासी चराले अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।

“चरा हेर्नकै लागि विदेशी पर्यटक विभिन्न देशबाट नेपाल आउने गरेका छन्,” उहाँले भन्नुभयो, शुक्लाफाँटाको उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके चरा पर्यटनले स्थानीय समुदायको आयआर्जन बढाउन भूमिका खेल्छ ।”

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, संरक्षणकर्मी, पर्यटन व्यवसायी तथा प्रकृतिप्रेमीको सहभागिता रहेको थियो ।

सहभागीले निकुञ्ज क्षेत्रभित्र रहेका विभिन्न प्रजातिका चराको अवलोकन गर्नुका साथै तिनको संरक्षण र पर्यटन विकासका सम्भावनाबारे छलफल गर्नुभएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार