कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

पोखरामा ‘खेल सप्ताह’ आयोजना हुँदै

खेल सप्ताहले विविध खेल विधालाई प्रवद्र्धन गर्नाका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, २७ जेठः खेल संस्कृतिको विकास तथा नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले पोखरामा यही जेठ ३० देखि असार ५ गतेसम्म ‘खेल सप्ताह’ आयोजना हुने भएको छ ।

पोखरा महानगरपालिका खेलकुद विकास समितिले खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यसहित ‘खेल सप्ताह’ गर्न लागेको हो । कार्यक्रमअन्तर्गत राष्ट्रिय तथा ‘ग्रासरुट’ तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम हुनेछ ।

महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ‘खेल सप्ताह’मा कुल सात वटा खेल समावेश गरिएको बताउनुभयो । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ‘ग्रासरुट’ तहका प्रतियोगिता रहनेछन् । राष्ट्रिय स्तरमा मुवाथाई र साइक्लिङ प्रतियोगिता आयोजना गरिनेछ भने जुडो, हक्की, फुल कन्ट्याक्ट कराते, टेबलटेनिसलगायत खेल ‘ग्रासरुट’ तहमा सञ्चालन गरिनेछन् ।

अध्यक्ष गोदारले ग्रासरुट तहका खेल प्रतियोगितामार्फत नयाँ खेलाडीको प्रतिभा पहिचान तथा विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीय स्तरमै रहेका सम्भावनायुक्त खेलाडीलाई अवसर प्रदान गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताहरू आयोजना गर्न लागिएको हो । यसले खेलकुदमा नयाँ प्रतिभाले स्थान पाउनेछन् भने खेल संस्कृति विकास हुनेछ ।”

समितिले खेल सप्ताहको तयारीका काम अघि बढाएको छ । सदस्यसचिव सुरज अधिकारीका अनुसार खेल सप्ताहका अवसरमा ‘मार्सल आर्ट फेस्टिभल’सहित अन्य खेलसम्बन्धी कार्यक्रमहरू आयोजना गरिनेछन् ।

समितिका सदस्यसचिव अधिकारीका अनुसार चालु वर्षमा राष्ट्रपति रनिङ शिल्डसहित महानगरपालिकाको आयोजना तथा सहजीकरणमा विभिन्न खेलकुद गतिविधि सम्पन्न भए पनि ती कार्यक्रममार्फत समेटिन नसकेका केही खेललाई खेल सप्ताहमा समावेश गरिएको हो ।

“खेल सप्ताहले विविध खेल विधालाई प्रवद्र्धन गर्नाका साथै खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नेछ । राष्ट्रिय स्तरका प्रतियोगिताले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा लिएका छौैँ”, अधिकारीले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रवि लामिछाने पत्नी निकिता र मन्त्री प्रतिभा रावलसहित भारत भ्रमणमा
२०८३ कार्तिक ६, शुक्रबार
एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान
२०८३ कार्तिक ५, बिहिबार
टर्की, पाकिस्तान र साउदी अरबबीच रक्षा सम्झौता
२०८३ कार्तिक ५, बिहिबार
भक्तपुरको थिमिमा प्रसिद्ध खाँः अर्थात कुभिण्डो जात्रा सम्पन्न
२०८३ कार्तिक ५, बिहिबार
धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार
२०८३ कार्तिक ५, बिहिबार
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
२०८३ कार्तिक ५, बिहिबार
सल्यानमा स्क्रब टाइफसबाट थप एक पुरुषको मृत्यु, मृतकको सङ्ख्या १० पुग्यो
२०८३ कार्तिक ५, बिहिबार