जेठ २७, २०८३ बुधबार June 10, 2026

श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड

चिया र अलैँचीजस्ता क्षेत्रमा विशेष निर्देशिका निर्माण गरी प्रारम्भिक कार्य सुरु भइसकेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ जेठः नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता, उद्यम उत्पादकत्व वृद्धि र सुदृढ त्रिपक्षीय सहकार्यको आवश्यकतामा जोड दिनुभएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को ११४औँ सत्रलाई नेपालको रोजगारदाता परिषद्कोतर्फबाट मङ्गलबार सम्बोधन गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपाल हाल महत्वपूर्ण आर्थिक सङ्क्रमणको चरणबाट गुज्रिरहेको उल्लेख गर्नुभयो । विश्वभरका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्व तथा सामाजिक साझेदारमाझ आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले सरकारले सुशासन, लगानी प्रवद्र्धन तथा पूर्वाधार विकासमा प्रतिबद्धता देखाए पनि आन्तरिक बजारमा सुस्त आर्थिक वृद्धि, सीमित औद्योगिक विकास र बढ्दो व्यावसायिक लागतजस्ता चुनौती कायमै रहेको बताउनुभयो ।

“नेपालको युवा जनशक्ति रोजगारीका लागि निरन्तर वैदेशिक गन्तव्यतर्फ पलायन भइरहेको छ । यो चिन्ताको विषय हो”, उपाध्यक्ष पाण्डेले भन्नुभयो, “लगानीमैत्री नीति, सीप विकास र शिक्षालाई श्रम बजारको वास्तविक मागसँग जोडेर स्वदेशमै मर्यादित एवं उत्पादकमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्दछ ।”

परिवर्तित विश्वपरिवेश र डिजिटल अर्थतन्त्रको चर्चा गर्नुहुँदै उपाध्यक्ष पाण्डेले नेपालमा पनि अनलाइन व्यवसाय, राइड–शेयरिङ र डेलिभरी प्लेटफर्मजस्ता डिजिटल सेवामा युवाको संलग्नता तीव्र रूपमा बढिरहेको बताउनुभयो । यसले उद्यमशीलताका नयाँ अवसर ल्याए पनि श्रम मापदण्ड र सामाजिक सुरक्षाका विषयमा नयाँ बहस सिर्जना गरेको उहाँको भनाइ थियो ।

नेपालजस्ता विकासशील देशलाई कठोर विश्वव्यापी मापदण्ड थोपर्नुको सट्टा आफ्नो राष्ट्रिय यथार्थ, संस्थागत क्षमता र आर्थिक अवस्थाअनुरूप श्रम सुधार एवं कानुनी व्यवस्था लागू गर्न आवश्यक लचकता दिनुपर्नेमा उपाध्यक्ष पाण्डेको जोड थियो । उहाँले नेपाली रोजगारदाताका तर्फबाट अघि सारिएका प्रमुख प्राथमिकता र कार्यान्वयन भइरहेका प्रयासको विवरण प्रस्तुत गर्नुभयो ।

राष्ट्रिय व्यावसायिक सुरक्षा तथा स्वास्थ्य कार्ययोजना लागू भएपश्चात् रोजगारदातामा सुरक्षित र स्वस्थ कार्यस्थल सामाजिक जिम्मेवारी मात्र नभई उत्पादकत्व, दिगोपन तथा व्यावसायिक प्रतिस्पर्धात्मकताका लागि अपरिहार्य तत्व रहेको चेतना बढेको बताउनुभयो । यसअन्तर्गत चिया र अलैँचीजस्ता क्षेत्रमा विशेष निर्देशिका निर्माण गरी प्रारम्भिक कार्य सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

यसका साथै, महासङ्घले छनोट गरिएका उद्योगमा ‘केयर मोडल’ को पाइलट प्रोजेक्ट सफलतापूर्वक सुरु गरिसकेको भन्दै उपाध्यक्ष पाण्डेले विशेषगरी महिलाका लागि रोजगारीका अवसर सिर्जना गर्न र कार्यस्थलमा सामाजिक समावेशीकरण तथा सामुदायिक कल्याण बढाउन ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

बाढी, पहिरो र मौसम परिवर्तनका कारण उद्योग, कृषि तथा जीविकोपार्जनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै उपाध्यक्ष पाण्डेले कार्यस्थलको भविष्यसम्बन्धी विश्वव्यापी छलफलमा हरित रोजगारी र जलवायु जोखिममा रहेका नेपालजस्ता मुलुकलाई प्राविधिक सहयोग गर्ने विषय समेटिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, मध्यपूर्वमा जारी भू–राजनीतिक तनावले नेपाल जस्तो विप्रेषण (रेमिट्यान्स), आयात र पर्यटनमा निर्भर अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पारिरहेको अवस्थामा रोजगारीको रक्षा गर्न, व्यवसायको निरन्तरता सुनिश्चित गर्न तथा आपसी संवाद सुदृढ बनाउन रोजगारदाताको भूमिका महत्वपूर्ण हुने उपाध्यक्ष पाण्डेले उल्लेख गर्नुभयो । उहाँले उद्यमको उत्पादकत्व वृद्धि, कार्यस्थल सहकार्य, सीप विकास र नवप्रवर्तन प्रवद्र्धनका लागि अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सँग दीर्घकालीन प्राविधिक सहयोगको माग गर्नुभयो ।

महासङ्घ सामाजिक संवाद, सहकार्य र मर्यादित श्रमप्रति पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउँदै उपाध्यक्ष पाण्डेले आपसी विश्वास, साझेदारी र सन्तुलित नीतिमार्फत आर्थिक वृद्धि तथा श्रम अधिकारलाई सँगसँगै अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–१६ क्रिकेट उपाधि डिएभीले जित्यो
२०८३ जेठ २७, बुधबार
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ : कांग्रेस नेता आङदेम्बे
२०८३ जेठ २७, बुधबार
नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा
२०८३ जेठ २७, बुधबार
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति
२०८३ जेठ २७, बुधबार
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
२०८३ जेठ २७, बुधबार
श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड
२०८३ जेठ २७, बुधबार
एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ
२०८३ जेठ २७, बुधबार