असोज २४, २०८३ शनिबार October 10, 2026

गाैतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रा सहित भारतीय नागरिक पक्राउ

५९ वर्षीय भीमा श्रीनिवासको बुटवल प्रहरीको फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल,२४ जेठ । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
भैरहवाबाट काठमाडौँतर्फ प्रस्थान गर्ने क्रममा एक भारतीय नागरिकको साथबाट ७ लाख ९५ हजार भारु फेला परेको हो ।

विमानस्थल सुरक्षा जाँचका क्रममा ५९ वर्षीय भीमा श्रीनिवासको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनी भारतको आन्ध्र प्रदेश राज्यको प्रकाशम जिल्लाका स्थायी बासिन्दा रहेको जनाइएको छ ।

शनिबार दिउँसो करिब ३ बजेर १० मिनेटमा काठमाडौँ जान लागेको उडान नम्बर ८६० मा सवार हुने क्रममा उनको साथमा रहेको खैरो रङको हाते झोला जाँच गर्दा उक्त रकम भेटिएको हो ।

विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरे मेसिनबाट परीक्षण गर्दा ५०० दरका १ हजार ५९० थान नोट फेला परेको प्रहरीले जनाएको छ ।

बरामद रकमबारे आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
२०८३ असोज २४, शनिबार
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार