जेठ २७, २०८३ बुधबार June 10, 2026

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा

परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २७ गते । नेकपा (एमाले)को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उहाँले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको सङ्घर्ष भिन्न तरिकाले जारी राख्ने उहाँको भनाइ छ ।

नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा अत्यावरोध अन्त्य हुने धारणा राख्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–१६ क्रिकेट उपाधि डिएभीले जित्यो
२०८३ जेठ २७, बुधबार
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ : कांग्रेस नेता आङदेम्बे
२०८३ जेठ २७, बुधबार
नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा
२०८३ जेठ २७, बुधबार
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति
२०८३ जेठ २७, बुधबार
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
२०८३ जेठ २७, बुधबार
श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड
२०८३ जेठ २७, बुधबार
एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ
२०८३ जेठ २७, बुधबार