श्रावण २८, २०८३ बिहिबार August 13, 2026

वैदेशिक रोजगारी ठगी नियन्त्रणमा विभाग सक्रिय, एकै दिन २९ नयाँ जाहेरी दर्ता

भागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण, श्रमिकको उद्धार तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन वैदेशिक रोजगार विभागले आफ्नो सक्रियता बढाएको जनाएको छ। विभागले २०८३ असार ३ गते सार्वजनिक गरेको विवरणअनुसार विभिन्न शाखामार्फत ठगी नियन्त्रण, अनुसन्धान, उद्धार तथा गुनासो सम्बोधनका कामलाई तीव्रता दिइएको हो।

विभागको मुद्दा तथा अनुसन्धान शाखामा एकै दिन २९ वटा नयाँ जाहेरी दर्ता भएका छन्। वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति तथा संस्थालाई कानुनी दायरामा ल्याउन २८ वटा पक्राउ पुर्जी जारी गरिएको छ भने ९ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ।

त्यसैगरी ९ वटा मुद्दामा आपसी मिलापत्र गराइएको विभागले जनाएको छ। अनुसन्धान तथा कारबाही प्रक्रियाअन्तर्गत बैंक, प्रहरी तथा सम्बन्धित निकायलाई सम्बोधन गरी अभियोगपत्र, रायपत्र तथा अन्य कागजातसहित ६८ वटा पत्राचार गरिएको छ।

संस्था अनुगमन शाखाले वैदेशिक रोजगार व्यवसायी तथा म्यानपावर कम्पनीहरूलाई ५ वटा पत्राचार गरेको छ। साथै सेवाग्राहीलाई १६ वटा राहदानी वितरण गरिएको विवरणमा उल्लेख छ।

राहत, उद्धार तथा समन्वय शाखाले विभिन्न देश तथा स्थानमा समस्यामा परेका ६ जना श्रमिकको उद्धार गरेको छ। त्यस्तै २ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ। सोही शाखामा १० वटा नयाँ उजुरी दर्ता भएका छन् भने १३ वटा द्विपक्षीय छलफल र १५ वटा परामर्श सेवा प्रदान गरिएको विभागले जनाएको छ।

गुनासो व्यवस्थापनलाई पनि विभागले प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालन हुने ‘हेलो सरकार’ मार्फत प्राप्त ११ वटा गुनासोमध्ये ९ वटाको समाधान गरिसकिएको छ। यस्तै विभागको आफ्नै कल सेन्टरमा प्राप्त ४७ वटा गुनासोमध्ये २९ वटा समाधान भइसकेका छन् भने बाँकी गुनासो प्रक्रियामा रहेका छन्।

यसैबीच युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव को सचिवालय तथा ह्वाट्सएपमार्फत प्राप्त हुने राहत र उद्धारसम्बन्धी गुनासोहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न विभागले नयाँ कार्यविधि अपनाउने तयारी गरेको छ।

विभागले राहत तथा उद्धारसम्बन्धी निवेदन पठाउँदा आधिकारिक पत्र, आवश्यक प्रमाण तथा सम्बन्धित कागजात संलग्न गरी पठाउन आग्रह गरेको छ। यसो गर्दा समस्याको छिटो पहिचान, समन्वय र समाधानमा सहजता हुने विभागको विश्वास छ।

वैदेशिक रोजगार क्षेत्रमा बढ्दो ठगी नियन्त्रण, पीडितको उद्धार तथा श्रमिकको हकहित संरक्षणका लागि विभागले आगामी दिनमा पनि निगरानी, अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
२०८३ श्रावण २८, बिहिबार
आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा ठाकुर नियुक्त
२०८३ श्रावण २८, बिहिबार
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले दिए राजीनामा
२०८३ श्रावण २८, बिहिबार
दलित समुदायका हक, अधिकार कार्यान्वयन गर्न विधेयक तर्जुमाः मन्त्री गौतम
२०८३ श्रावण २८, बिहिबार
इन्डोनेसियामा डुङ्गामा आगलागी हुँदा एकको मृत्यु, २११ जनाको उद्धार
२०८३ श्रावण २८, बिहिबार
युवा पुस्तालाई परराष्ट्र नीतिको केन्द्रमा जोड्दै सरकार
२०८३ श्रावण २८, बिहिबार
हर्मुज नखुलेको इरानको दाबी
२०८३ श्रावण २८, बिहिबार