असार ४, २०८३ बिहिबार June 18, 2026

बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो

सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वयसमेत हेडक्वार्टरबाटै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ४ असार : बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पु¥याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पु¥याइएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो । नं. ७ बैध्यनाथ बाहिनी मुख्यालयका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षाफौजको कामकारबाही बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिनुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वयसमेत हेडक्वार्टरबाटै हुनेछ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सो टोली जेठ २७ गते त्यसतर्फ प्रस्थान गरेको थियो ।

केही दिनयता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच सामान्य विवाद उत्पन्न भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
२०८३ असार ४, बिहिबार
रास्वपा सचिवालय बैठक पार्टी मुख्यालय वनस्थलीमा शुरु
२०८३ असार ४, बिहिबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार ४, बिहिबार
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्गानिक तरकारी’
२०८३ असार ४, बिहिबार