असार ४, २०८३ बिहिबार June 18, 2026

अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ

संयुक्त राज्य अमेरिकाले सम्झौताको कार्यान्वयन पछि प्रारम्भिक चरणमा होर्मुज बाट आफ्नो सेना र नाकाबन्दी हटाउने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामावाद, ४ असार : संयुक्त राज्य अमेरिका र इरान बीचको समझदारी ज्ञापनपत्र (एमओयू) मा दुबै देशका नेताहरूले इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरेको जनाउदै पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले यसको प्रभाव तत्काल देखिन थालेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा प्रभानमन्त्री सरिफले उक्त ज्ञापन पत्रमा अमेरिका र इरानका राष्ट्रपतिहरूले हस्ताक्षर गरेको र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानले समर्थन गरेको उल्लेख गर्नु भएको हो ।

इस्लामाबाद एमओयूले इरानले तुरुन्तै होर्मुजको जलमार्ग पुनः खोल्ने व्यवस्था गरेको उल्लेख गर्दै उहाँले, संयुक्त राज्य अमेरिकाले सम्झौताको कार्यान्वयन पछि प्रारम्भिक चरणमा होर्मुज बाट आफ्नो सेना र नाकाबन्दी हटाउने पुष्टि गर्नु भएको छ ।

सम्बन्धित पक्षको सरकारको उच्च स्तरबाट यो सम्झौतामा भएको हस्ताक्षरले द्वन्द्वको कूटनीतिक समाधानका लागि दुवै पक्षको प्रतिबद्धता देखाएको सरिफले बताउनुभएको छ ।

पाकिस्तानले सह–मध्यस्थकर्ता कतारको सहयोगमा शुक्रबार स्विट्जरल्यान्डमा सम्झौताको सम्झना गर्न र दुई पक्षबिच प्राविधिक स्तरको वार्ता सुरु गर्न आधिकारिक समारोहको आयोजना गर्ने उहाँले पुष्टि गर्नु भएको छ ।

प्रधानमन्त्री सरिफले कतारको सह–मध्यथकर्ताको नेतृत्वको रचनात्मक संलग्नतालाई स्वीकार गर्दै सम्झौतालाई सहज बनाउन साउदी अरेबिया, टर्की र इजिप्टको योगदानकोसमेत प्रशंसा गर्नु भएको छ ।

उहाँले यो ज्ञापनपत्रले बृहत्तर समझदारी, आपसी सम्मान र साझा समृद्धिका लागि स्थायी आधारका रूपमा काम गर्ने आशासमेत व्यक्त गर्नु भएको छ ।रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
२०८३ असार ४, बिहिबार
रास्वपा सचिवालय बैठक पार्टी मुख्यालय वनस्थलीमा शुरु
२०८३ असार ४, बिहिबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार ४, बिहिबार
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्गानिक तरकारी’
२०८३ असार ४, बिहिबार