असोज १४, २०८३ बुधबार September 30, 2026

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नं.-४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो ।

बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ ।

अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पु¥याएर कारागार चलान गरिने पन्थले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार