असार ५, २०८३ शुक्रबार June 19, 2026

रूस ‘बिना शर्त’युरोपसँग वार्ताका लागि तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, असार ५ गते । रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आउनुभएको छ । “युरोपेली रुस कमजोर छ भन्ने धारणामा रहेर वार्ता हुनुपर्छ भन्ने चाहन्छन् यो कुरा गलत छ”, उहाँले भन्नुभयोे, “यस्तो दृष्टिकोणले कहीँ पनि पुर्याउँदैन ।”

पेस्कोभले भन्नुभयो, “यदि युरोपका राजनीतिक शक्तिले शर्त जारी नगरी वा मस्कोलाई सिकाउने प्रयास नगरी रूससँग पुनः वार्ता सुरु गर्न आवश्यक हुन्छ र यसमा युरोप तयार रहन्छ भने रूस यसका लागि तयार हुने छ ।”रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया