असोज २४, २०८३ शनिबार October 10, 2026

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

त्रिवेणी (नवलपरासी), ६ असारः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाले उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उत्पादन वृद्धि तथा किसानको आयआर्जन बढाउने अभियानलाई तीव्रता दिएको छ ।

गाउँपालिकाले स्थानीयस्तरमा रहेका सम्भावनाको अध्ययन गरी नगदे बालीका रूपमा उखु र बेसारखेती विस्तारमा विशेष जोड दिएको हो । सात वटा वडामा फैलिएको गाउँपालिकामा कृषिलाई मुख्य आयआर्जनको आधार बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालित ‘नगदे बाली खेती प्रविधि अनुकूलन तथा व्यवसायीकरण कार्यक्रम’मार्फत उखु र बेसारखेतीको उत्पादन बढाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

अध्यक्ष गिरीका अनुसार कृषिबाट स्थानीय नागरिकको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले गाउँपालिकाले किसानलाई आवश्यक प्रविधि, बीउबिजन, कृषि सामग्री तथा अनुदान उपलब्ध गराउँदै आएको छ । “कृषि उत्पादन बढेमा किसानको आम्दानी स्वतः बढ्छ र स्थानीय अर्थतन्त्र पनि सबल बन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामीले सम्भावना भएका नगदे बालीको उत्पादन वृद्धि गर्न नवप्रवर्तन कार्यक्रममार्फत लगानी गरिरहेका छौँ ।”

गाउँपालिकाका कृषि प्राविधिक मनोज चापागाईँका अनुसार उखु र बेसारखेती विस्तारका लागि किसानलाई समूहमा आबद्ध गराई कार्यक्रम सञ्चालन गरिएको छ । उखुखेती गर्ने किसानलाई उन्नत जातको बीउ, बाली संरक्षण सामग्री तथा उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइएको छ । त्यस्तै उखुखेती हुने क्षेत्रमा सिँचाइको सुविधा विस्तार गर्न साना सिँचाइ आयोजनाअन्तर्गत डिप बोरिङ निर्माणसमेत गरिएको उहाँले बताउनुभयो ।

बेसारखेती गर्ने किसानका लागि भने बीउ, प्राङ्गारिक मल, सुरक्षा सामग्री तथा प्राविधिक परामर्श उपलब्ध गराउने गरिएको छ । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रमअन्तर्गत करिब रु एक करोड ५० लाख लगानी गरी उखु र बेसारखेती प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार बेसारखेती गर्ने आठ वटा कृषक समूहलाई ३० टन बेसारको बीउ उपलब्ध गराइएको छ ।

यस क्षेत्रमा बेसार उत्पादनको सम्भावना राम्रो रहेको, सिँचाइको आवश्यकता कम पर्ने तथा बजार व्यवस्थापन अपेक्षाकृत सहज भएकाले बेसारखेतीलाई विशेष प्राथमिकता दिइएको कृषि प्राविधिक चापागाईँले बताउनुभयो । उत्पादन बढेसँगै स्थानीय किसानले राम्रो आम्दानी लिन सक्ने विश्वास गाउँपालिकाको छ ।

उखु उत्पादनका लागि गाउँपालिकाको वडा नम्बर ६ र ७ उपयुक्त क्षेत्र भएकाले सोहीअनुसार कार्य गरिएको छ । बेसारखेतीका लागि वडा नम्बर १, २, ३ र ४ लाई विशेष प्राथमिकता दिएर काम गरिएको कृषि प्राविधिक चापागाईँले बताउनुभयो ।

कृषिमा यान्त्रिकीकरणलाई प्रोत्साहन गर्न गाउँपालिकाले कृषक समूहलाई ट्याक्टर, रोटाभेटर, कल्टीभेटर र ट्रलीलगायत कृषि उपकरण हस्तान्तरण गरेको छ । पचास प्रतिशत अनुदानमा दुई वटा कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको छ भने जैविक मल उत्पादन गरिरहेको विनयी सामुदायिक वनसँगको साझेदारीमा मल उत्पादन र ढुवानीलाई सहज बनाउन एउटा ट्याक्टरसहित आवश्यक सामग्री प्रदान गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रतिस्पर्धी र आयमुखी बनाउने लक्ष्यका साथ आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने कृषि प्राविधिक चापागाईँले बताउनुभयो । स्थानीय किसानलाई उत्पादन वृद्धि, बजार पहुँच र कृषि प्रविधिसँग जोड्दै आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने दिशामा गाउँपालिका सक्रिय रूपमा लागिपरेको छ उहाँको भनाइ छ । “मुख्य गरी कृषि उत्पादन बढाउने र त्यसबाट स्थानीय समुदायको आयआर्जन वृद्धि गराउने लक्ष्य हाम्रो हो, सोहीअनुसार काम गरिरहेका छौँ”, कृषि प्राविधिक चापागाईँले भन्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भियतनाम युद्धकालीन सीआइए हवाई मैदानमा चीनको नयाँ सैन्य आधार
२०८३ असोज २४, शनिबार
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
२०८३ असोज २४, शनिबार
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार