असार ७, २०८३ आइतबार June 21, 2026

हास्यकलाकार खेम शर्माको उपचारका क्रममा निधन

दुःखद समाचारले सबै चलचित्रकर्मीहरू मर्माहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । हास्यकलाकार खेम शर्माको निधन भएको छ । आज बिहान उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकामा बस्दै आएका थिए ।

चलचित्र विकास बोर्डले उनको निधनबारे जानकारी दिएको छ । उनलाई धेरै दर्शकले ‘चतुरे’ नामबाट चिन्दथे ।

“हास्यव्यंग्यमा ‘चतुरेको दाउपेच’बाट सर्वाधिक चर्चित हुँदै सयौँ टेलिफिल्म, चलचित्र र रंगमञ्चमा आफ्नो अभिनय क्षमताको छाप छोडेका वरिष्ठ कलाकार खेम शर्माको निधन भएको छ,” चलचित्र विकास बोर्डले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेको छ, “यो दुःखद समाचारले सबै चलचित्रकर्मीहरू मर्माहत भएका छौँ ।”

‘चतुरे’ क्यारेक्टरबाट लोकप्रिय भएपछि शर्माले दर्जनौँ टेलिचलचित्रसँगै चलचित्रमा काम गरेका थिए । पछिल्लो समय भने उनी लामो समयदेखि अमेरिकामा बस्दै आएकाले दर्शकबाट टाढा थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह
२०८३ असार ७, आइतबार
रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने
२०८३ असार ७, आइतबार
४६औँ राष्ट्रिय एथलेटिक्स : च्याम्पियन कीर्तिमान भंग गर्दै आर्मीको स्वर्णिम यात्रा
२०८३ असार ७, आइतबार
हास्यकलाकार खेम शर्माको उपचारका क्रममा निधन
२०८३ असार ७, आइतबार
GAT सम्मेलनबाट फर्किएको लायन्स ३२५ के नेपालको टोलीलाई भव्य स्वागत
२०८३ असार ७, आइतबार
रोनाल्डिन्होको पुनरागमनले विश्व फुटबलमा तरंग, राभेन्ना चर्चाको केन्द्रमा
२०८३ असार ७, आइतबार
नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुने
२०८३ असार ७, आइतबार