कार्तिक ८, २०८३ आइतबार October 25, 2026

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीलाई चलचित्रको पर्दामा ल्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ९ असारः कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक मिलन चाम्सले चलचित्र निर्माण हुने जानकारी दिनुभयो ।

यसअगाडि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’जस्ता सफल ‘बायोपिक’ चलचित्र निर्देशन गरिसक्नुभएका निर्देशक चाम्सले यसले आफूलाई अवसर र चुनौतीसँगै दिएको बताउनुभयो ।

“यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै खुसी छु, सर्वप्रिय कलाकारको जीवनीलाई पर्दामा उतार्न पाउनु नै मेरा लागि अवसर हो । उहाँको जीवनीलाई पर्दामा ल्याउने तयारी हुँदै गर्दा धेरै कुराहरू थाहाँ पाएँ, उहाँको जीवनी चलचित्रभन्दा कम छैन”, निर्देशक चाम्सले भन्नुभयो ।

अभिनेता मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनीलाई चलचित्रको पर्दामा ल्याउने तयारी गरिरहनुभएका निर्माण समूहलाई धन्यवाद दिनुभयो । “म आफूले सकेको काम गरिरहेको छु, स्वास्थ्यले साथ दिएसम्म शरीरलाई जबर्जस्ती भए पनि काममा लगाइरहनेछु । मेरो जीवनीलाई चलचित्रमा ल्याउन आट गर्नुहुने सम्पूर्ण टोलीलाई धन्यवाद । साथै, यो यात्रामा मसँगै ह अर्थात् हरिवंशको पनि उत्तिकै साथ र भूमिका छ । मेरो जीवनी उहाँ बिना अधुरो र अपुरो छ । त्यसैले म पछाडि हरिवंशको पनि जीवनी पर्दामा ल्याइने भनेपछि मैले मेरो बारेमा चलचित्र बनाउन सहमति दिएको हुँ”, अभिनेता श्रेष्ठले भन्नुभयो ।

अभिनेता श्रेष्ठले चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्नुहुने कलाकार महेश त्रिपाठीको कामको चर्चा गर्दै सुहाउँदो कलाकार छनोट भएको बताउनुभयो । “मेरो र महेशजीको पुराना तस्बिर हेर्ने हो भने उस्तै देखिन्छ, अभिनय त उहाँले गज्जबै गर्नुहुन्छ । राम्रो चलचित्र बन्छ भन्नेमा पूर्ण विश्वस्त छु”, अभिनेता श्रेष्ठले भन्नुभयो ।

अभिनेता हरिवंश आचार्यले अभिनेता श्रेष्ठको जीवनी चलचित्रका लागि उपयुक्त भएकाले दर्शकका लागि प्रतिक्षित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मह जोडी बनेर आफूहरूले गरेका काम र सहकार्यसँगै अभिनेता श्रेष्ठको जीवनीका उतारचढावलाई कलात्मक ढङ्गले चलचित्रमा देख्न पाइने बताउनुभयो ।

“कोही कलाकारको नाम सानो होला, कसैको ठूलो होला । तर, सबैको जीवनीलाई लिएर चलचित्र बनाउन मिल्दैन, किनकी जीवनीमा चलचित्रका लागि चाहिने खुराक पाइँदैन । मदन दाईको जीवनीलाई मैले जति बुझेको छु, उहाँको उतारचढावले दर्शकलाई मनोरञ्जनसँगै एउटा सिकाइ पनि दिन्छ भन्ने लाग्छ । जुन समूहले चलचित्र बनाउने तयारी गर्नुभएको छ, त्यो देखेर म निकै आशावादी छु”, अभिनेता आचार्यले भन्नुभयो ।

अभिनेता श्रेष्ठलाई आफ्नो अभिभावकका रुपमा मान्दै आएको र सहयात्राको ४६ वर्ष पूरा भइसकेको अभिनेता आचार्यले बताउनुभयो । उक्त चलचित्रमा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशङ्कर धुजु, नरेन्द्र कंशाकारको पनि सहकार्य रहनेछ । यस्तै, यम थापाको लेखनमा तयार हुने उक्त चलचित्रमा अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गायिका आनी छोइङ डोल्मा, गायक प्रेमराजा महत, निर्देशक लक्ष्मण सुवेदी, सुदन केसीलगायतको उपस्थिति थियो । उक्त चलचित्रको छायाङ्कन भदौदेखि सुरू हुने कार्यक्रममा जानकारी दिइयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार