मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’

अमेरिकासँगको सम्झौता दबाबको होइन, अमेरिकाको पराजयको प्रमाण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, १० असार  : मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच भएको सम्झौताले अमेरिकी दबाबको विजय नभई अमेरिकाको पराजयलाई पुष्टि गरेको इरानका प्रमुख वार्ताकार तथा संसद् अध्यक्ष मोहम्मद बाघेर गालिबफले बताउनुभएको छ । उहाँले उक्त समझदारी इरानी जनताको प्रतिरोध र अधिकारको संरक्षणको परिणाम भएको दाबी गर्नुभयो ।

अजरबैजानको राजधानी बाकुमा बुधबार आयोजित एक सम्मेलनलाई सम्बोधन गर्दै गालिबफले पाकिस्तानको मध्यस्थतामा सम्पन्न ‘इस्लामाबाद समझदारी’ कुनै दबाब वा जबर्जस्तीको उपज नभएको बताउनुभयो । उहाँका अनुसार इरानी जनताको दृढ प्रतिरोध र राष्ट्रिय अधिकारको रक्षाले नै उक्त सहमति सम्भव भएको हो ।

उहाँले इस्लामाबादमा भएको सहमतिलाई अमेरिकाको पराजयको घोषणापत्रको रूपमा व्याख्या गर्दै मध्यपूर्वको सुरक्षा क्षेत्रीय देशहरूले नै सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो । विदेशी सैन्य उपस्थितिले स्थायी सुरक्षा स्थापना गर्न नसक्ने र बरु अस्थिरताको स्रोत बन्ने उहाँको भनाइ थियो ।

गालिबफले मध्यपूर्वबाट विदेशी सैन्य शक्तिको फिर्तीलाई इरानको दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा उल्लेख गर्नुभयो । उहाँका अनुसार क्षेत्रीय सुरक्षा बाह्य हस्तक्षेपबाट नभई क्षेत्रीय सहकार्य र आपसी समझदारीबाट सम्भव हुन्छ ।

संयुक्त राज्य अमेरिकाले मध्यपूर्वका विभिन्न देशमा सैन्य आधारहरू कायम राख्दै आएको छ । युद्धका क्रममा अमेरिकी र इजरायली सेनाले इरानमाथि गरेको बम आक्रमणको प्रत्युत्तरस्वरूप इरानले पनि केही आयोजक तथा साझेदार मुलुकहरूलाई लक्षित गरी आक्रमण गरेको थियो ।

गालिबफले क्षेत्रको भविष्य द्वन्द्वमा नभई सहकार्यमा रहेको बताउँदै विनाशको सट्टा सहअस्तित्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँको यो अभिव्यक्तिलाई इरानी आक्रमणको निशानामा परेका खाडी राष्ट्रहरूप्रति सन्देशका रूपमा पनि हेरिएको छ ।

इरानका प्रमुख वार्ताकारले लेबनानमा स्थायी शान्ति स्थापना हुनु वासिङ्टनसँग भएको सहमतिको महत्त्वपूर्ण आधार रहेको दोहो¥याउनुभयो । उहाँका अनुसार लेबनानमा युद्धविराम कायम हुनु इरानमा युद्धविराम कायम हुनुसँग समान रूपमा महत्त्वपूर्ण छ ।

उहाँले लेबनानमा युद्धको अन्त्य र इरानमा युद्धको अन्त्य एकअर्कासँग जोडिएको विषय भएको उल्लेख गर्दै क्षेत्रीय स्थायित्वका लागि दुवै मोर्चामा शान्ति अपरिहार्य रहेको बताउनुभयो । रासस\एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार