कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

राष्ट्रियसभा बैठक बस्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १२ः१५ बजे संघीय संसद् भवन, सिंहदरबारमा आह्वान गरिएको छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३’ राष्ट्रियसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम उक्त विधेयक सभासमक्ष पेश गरिनेछ।

प्रतिनिधिसभाबाट पारित भइसकेको विनियोजन विधेयक राष्ट्रियसभामा प्रस्तुत भएपछि त्यसमाथि छलफलको प्रक्रिया अघि बढ्नेछ। विधेयकमा आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न मन्त्रालय, निकाय तथा संवैधानिक आयोगहरूलाई विनियोजन गरिएको बजेट समेटिएको छ।

सरकारको वार्षिक बजेट कार्यान्वयनका लागि विनियोजन विधेयक अत्यन्त महत्वपूर्ण कानुनी आधार मानिन्छ। राष्ट्रियसभामा आवश्यक प्रक्रिया पूरा भएपछि विधेयक प्रमाणीकरणका लागि अगाडि बढाइनेछ।

आजको बैठकमा विनियोजन विधेयक प्रस्तुत गर्नुका साथै सभाको नियमित कार्यसूचीअनुसार अन्य विधेयक तथा समसामयिक विषयमा पनि आवश्यक छलफल हुन सक्ने संसद् सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने
२०८३ कार्तिक ३, मंगलबार
अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा
२०८३ कार्तिक ३, मंगलबार
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार
राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै
२०८३ कार्तिक २, सोमबार