असार १८, २०८३ बिहिबार July 2, 2026

सेनामा ब्यापक भ्रष्टचार भएकाे सी जिनपिङकाे स्विकारोक्ती, भने ‘कडा कदम चालिने छ’

ताइवान नीतिमा असहमति भएका कारण रक्षामन्त्री ली साङफुलाई बेपत्ता पारिएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, १८ असार । चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार देशको सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने प्रतिज्ञा गरेका छन ।

सत्तारुढ कम्युनिष्ट पार्टीको १०५ औं स्थापना दिवसको अवसरमा राजनीतिक तथा सैन्य नेताहरूलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरुद्धको पार्टीको अभियानलाई अझ तीव्र बनाउने वाचा गरेका हुन् ।

‘ग्रेट हल अफ द पिपुल’ मा बोल्दै सी जिनपिङले वरिष्ठ राजनीतिक नेताहरू सैन्य अधिकारीहरू र कम्युनिष्ट पार्टीका सदस्यहरूलाई बलियो सेना निर्माण गर्नु राष्ट्रिय प्राथमिकता रहेको बताए।

चिनियाँ राष्ट्रपतिले सैन्य आधुनिकीकरणको गतिलाई तीव्र पार्दै चीनले सेनामाथि ‘पार्टीको पूर्ण नेतृत्व’ कायम राख्नुपर्नेसमेत बताएका छन । यसबाहेक सी जिनपिङले कम्युनिष्ट पार्टी भित्रको भ्रष्टाचार उन्मूलन गर्ने आफ्नो संकल्प दोहोर्‍याउँदै यसलाई दीर्घकालीन चुनौतीको रूपमा वर्णन गरेका छन । उनले भने कि सीसीपीले भ्रष्टाचार विरुद्ध निर्णायक, लामो र व्यापक लडाई जोडदार रूपमा लड्नु पर्छ।

चिनियाँ सेना विश्वकै ठूलो सेना मध्ये एक हो तैपनि आन्तरिक भ्रष्टाचारले यसलाई खोक्रो बनाउँदै लगेको छ। हालै भ्रष्टाचारको आरोपमा चीनको रकेट फोर्सका शीर्ष जनरलहरू र रक्षामन्त्री ली शाङ्फुलाई उनीहरूको पदबाट हटाइएको थियो। रिपोर्टहरूले संकेत गर्दछ कि ठूला घोटालाहरू प्रकाशमा आएका छन्, जस्तै इन्धनको सट्टा पानीले मिसाइलहरू भरिएको जस्ता घटना बाहिरिएका थिए । यही कारणले गर्दा सी जिनपिङ यस्तो कडा अडान अपनाउन बाध्य भएका छन्।

पछिल्ला तीन वर्षमा चीनमा दुईजना रक्षामन्त्रीलाई पदबाट हटाइ सकिएको छ भने देशको सर्वोच्च सैन्य निकाय—केन्द्रीय सैन्य आयोग—को सदस्य संख्या ७बाट घटाएर जम्मा दुईमा सीमित गरिएको छ, जसमा स्वयं राष्ट्रपति सी चिनफिङ र एकजना जनरल रहेका छन् ।

राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) र सेना भित्रका आफ्ना विरोधीहरूलाई समाप्त पार्न भ्रष्टाचार विरोधी अभियान प्रयोग गरेको गम्भीर आरोपको सामना गर्नु परिरहको पनि को छ। ताइवानमा आक्रमण गर्ने योजनाजस्ता उनको युद्ध रणनीति माथि प्रश्न उठाउने कुनै पनि जनरललाई भ्रष्टाचारको आरोपमा जेल पठाइएको भनेर आलोचना भएको छ ।

साथै, सी जिनपिङले आफ्ना प्रतिद्वन्द्वी झोउ योङकाङ र बो सिलाई जस्ता शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूलाई हटाएका छन्। ताइवान नीतिमा असहमति भएका कारण रक्षामन्त्री ली साङफुलाई बेपत्ता पारिएको आरोप समेत लागेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया