असार १८, २०८३ बिहिबार July 2, 2026

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सहुलियत खाद्यान्न वितरणबाट दुई दिनमा रु ६० लाख बराबरको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट (हुम्ला), १८ असारः यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा खाद्यान्न लिनका लागि नागरिकको चाप बढेको छ ।

हिमाली जिल्ला हुम्लास्थित व्यापार कम्पनीले दुई हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेपछि कार्यालयमा नागरिकको भीडभाड बढेको हो ।

कम्पनीका नायब सुब्बा कैलाश ऐडीले भन्नुभयो, “नागरिक घरमा चामल नभएर होइन, सहुलियतको चालम लिनका लागि भीड बढेको हो ।” कार्यालयले स्टिम जिरा मसिनो चामल प्रतिक्विन्टल रु एक हजार ८५०, अरुवा सोना मन्सुली चामल रु एक हजार २५० तथा अरुवा मोटा चामल रु एक हजार १५० मा बिक्री गरेको छ ।

सहुलियत खाद्यान्न वितरणबाट दुई दिनमा रु ६० लाख बराबरको कारोबार भएको कम्पनीले जनाएको छ । सो अवधिमा कार्यालय ५८८ क्विन्टल चामल बिक्री वितरण गरेको छ । सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध भएपछि जिल्लाका उपभोक्ताले राहत महसुस गरेका छन् । रनसस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वार्तामा खामेनीको स्वीकृति रहेको पेजेस्कियानको दाबी
२०८३ असार १८, बिहिबार
सरकारको १०० दिनः सुशासनका लागि सम्पत्ति छानबिन र विचौलिया राजको अन्त्य
२०८३ असार १८, बिहिबार
युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठ जनाको मृत्यु
२०८३ असार १८, बिहिबार
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
२०८३ असार १८, बिहिबार
हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन
२०८३ असार १८, बिहिबार
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
२०८३ असार १८, बिहिबार
एभरेष्ट बैंक एनसीएचएलको ईएफटी कार्ड स्विचमा आबद्ध, अब नेपालपे कार्ड पनि जारी गर्ने
२०८३ असार १८, बिहिबार