असार १८, २०८३ बिहिबार July 2, 2026

रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण गराउने

संसद् बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’मा ‘अपडेट’ गराउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ असारः राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदका गतिविधि, भेटघाट र निर्वाचन क्षेत्रका नागरिकको गुनासा व्यवस्थापनमा सहयोग पुग्नेगरी ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्म विकास गरेको छ । पार्टीलाई डिजिटल बनाउँदै लैजाने प्रक्रियाअन्तर्गत उक्त सिस्टम निर्माण गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाले प्रतिनिधिसभा सदस्यलाई उक्त प्रणाली र साइबर सुरक्षासम्बन्धी सचेतना गराउने उद्देश्यले शुक्रबार बिहान सिंहदरबास्थित दलको कार्यालयमा बैठक आयोजना गरिएको मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो ।

उक्त प्रणाली सञ्चालनमा आएसँगै संसद् बैठकलगत्तै हरेक सांसदले आफ्ना गतिविधि अनिवार्य ‘सिस्टम’मा ‘अपडेट’ गराउनुपर्ने उहाँले जानकारी दिनुभयो । उक्त सिस्टमबाट एकअर्कासँग भेटघाटका लागि समय माग गर्न सकिने, संसद्मा बोल्ने विषयवस्तुसमेत सोही सिस्टममा अपडेट हुनुपर्ने तथा निर्वाचन क्षेत्रमा भएका भ्रमण, भेटघाटजस्ता कार्यक्रमको जानकारी सोही प्रणालीमा राख्नुपर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
२०८३ असार १८, बिहिबार
विश्व मञ्चमा नेपाली लायनिज्म, अन्तर्राष्ट्रिय डाइरेक्टर बन्दै राजन लम्साल
२०८३ असार १८, बिहिबार
रास्वपाले सांसदलाई ‘डिजिटल प्लेटफर्म’ बारे अभिमुखीकरण गराउने
२०८३ असार १८, बिहिबार
फ्लप तेलुगु चलचित्रले रच्याे इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्याे विश्वको पहिलो चलचित्र
२०८३ असार १८, बिहिबार
मुलुकको शिक्षाको विकासमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छः मुख्यमन्त्री बानिया
२०८३ असार १८, बिहिबार
प्रतिनिधिसभाः सहकारी (पहिलो संशोधन) विधेयक पारित
२०८३ असार १८, बिहिबार
मन्त्री चौधरीसँग थाइल्याण्डमा बसोबास गर्ने नेपालीको भेटवार्ता
२०८३ असार १८, बिहिबार