असार १६, २०८३ मंगलबार June 30, 2026

एमाले उपाध्यक्ष पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १५ असार : विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो ।

विशेष अदालतले यसअघि उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याद थपका लागि पेस भएकोमा आज दोस्रो पटक तीन दिन म्याद थप भएको छ ।”

नेकपा (एमाले) का उपाध्यक्षसमेत रहनुभएका पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज अदालत उपस्थित गराइएको हो । उहाँलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहसमा वामपन्थी एकता : सत्ता र शक्ति गुमेपछि ‘एकताको अलाप’
२०८३ असार १६, मंगलबार
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे
२०८३ असार १६, मंगलबार
नतिजा प्रकाशनमा छलाङ, परीक्षाको विश्वसनीयतामा प्रश्न
२०८३ असार १६, मंगलबार
विश्वकप : पेनाल्टी सुटआउटमा जर्मनीलाई हराउँदै पाराग्वे अन्तिम १६ मा
२०८३ असार १६, मंगलबार
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
२०८३ असार १६, मंगलबार
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
२०८३ असार १६, मंगलबार
जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै
२०८३ असार १६, मंगलबार