असार १९, २०८३ शुक्रबार July 3, 2026

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ असारः सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ ।

त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गौरमा ड्रोनवाट `आकाशे निगरानी`, सुरक्षा ब्यवस्था झन कडा हुने
२०८३ असार १९, शुक्रबार
रणवीर कपुरको ‘रामायण’ रावणलाई केन्द्रमा राखेर बनिरहेको दावी
२०८३ असार १९, शुक्रबार
हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण
२०८३ असार १९, शुक्रबार
एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
२०८३ असार १९, शुक्रबार
जसले दुनियाँलाई इन्टरनेट दिए, उनै ‘फादर अफ इन्टरनेट’ हुदैँछन् रिटायर्ड
२०८३ असार १९, शुक्रबार
विश्वकप चलिरहदाँ मोरोक्कन स्टार इस्माइल साइबारी ८ सय ६७ करोडमा बिक्री
२०८३ असार १९, शुक्रबार
इरानी नेता खामेनीको अन्त्येष्टी भोलीवाट, दुई देशमा हुनेछ शवयात्रा
२०८३ असार १९, शुक्रबार