कार्तिक ३, २०८३ मंगलबार October 20, 2026

राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल

प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ असारः सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज अपराह्न १ः१५ बजे हुने बैठकमा आर्थिक तथा बजेटसम्बन्धी विधेयक र विनियोजन विधेयकमाथिको छलफललाई प्राथमिकता दिइएको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले “आर्थिक विधेयक, २०८३” र “राष्ट्र ऋण उठाउने विधेयक, २०८३” सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबल गर्ने कार्यसूची छ ।

त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ ।

यसैगरी, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देवघाट-मौलाकालिकामा केबलकार निर्माण गरिने
२०८३ कार्तिक ३, मंगलबार
अवरुद्ध खाँदबारी-किमाथाङ्का सडक पुनः सञ्चालनमा
२०८३ कार्तिक ३, मंगलबार
आज महानवमी पर्व मनाइँदै
२०८३ कार्तिक ३, मंगलबार
महानवमीमा मात्र खुला हुने तलेजु भवानी मन्दिर, आज बिहान ५ बजेदेखि भक्तजनले दर्शन गर्न पाउने
२०८३ कार्तिक ३, मंगलबार
आज मंगलबारः कसलाई कस्तो छ योग ? हेर्नुहोस् राशिफल
२०८३ कार्तिक ३, मंगलबार
माल्दिभ्सलाई हराउँदै नेपालले हात पार्यो आइएचएफ महिला ह्यान्डबल ट्रफीमा जित
२०८३ कार्तिक २, सोमबार
राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै
२०८३ कार्तिक २, सोमबार