असोज ९, २०८३ शुक्रबार September 25, 2026

कक्षा १२ को परीक्षा दसैं र तिहारको विचमा गर्न शिक्षा मन्त्रालयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्व महामारी कोरोना भाईरसको कारणले स्थगित भएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ ।

स्थगित कक्षा १२ को परिक्षा दसैं र तिहारको विचमा गर्नका लागि छलफल अन्तिम चरणमा पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने कक्षा १२ को परिक्षा दसैं र तिहारको विचमा गर्नका लागि छलफल अन्तिम चरणमा पुगेको छ । तर निर्णय भइसकेको छैन ।

विद्यार्थीले टाढाबाट परिक्षा केन्द्र सम्म गएर वा डेरा खोजेर परिक्षा दिन मिल्ने अवस्था नभएकोले सकेसम्म आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए । साथै आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

कोभिड- १९ का कारणले गत वैशाखमा हुने कक्षा १२ को परीक्षा स्थगित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः स्वास्थ्यमन्त्री मेहता
२०८३ असोज ९, शुक्रबार
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैनः प्रधानमन्त्री (पूर्णपाठ)
२०८३ असोज ९, शुक्रबार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैनः प्रधानमन्त्री
२०८३ असोज ९, शुक्रबार
काठमाडौँ जोड्ने राजमार्ग बन्दः रोकिए सार्वजनिक बस
२०८३ असोज ९, शुक्रबार
एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक,डिजिटलु र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री
२०८३ असोज ९, शुक्रबार
देशभरका सबै स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह
२०८३ असोज ९, शुक्रबार
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
२०८३ असोज ९, शुक्रबार