असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १२ को परीक्षा दसैं र तिहारको विचमा गर्न शिक्षा मन्त्रालयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाईरसको कारणले स्थगित भएको कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्नका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ ।

स्थगित कक्षा १२ को परिक्षा दसैं र तिहारको विचमा गर्नका लागि छलफल अन्तिम चरणमा पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । उनले भने कक्षा १२ को परिक्षा दसैं र तिहारको विचमा गर्नका लागि छलफल अन्तिम चरणमा पुगेको छ । तर निर्णय भइसकेको छैन ।

विद्यार्थीले टाढाबाट परिक्षा केन्द्र सम्म गएर वा डेरा खोजेर परिक्षा दिन मिल्ने अवस्था नभएकोले सकेसम्म आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए । साथै आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

कोभिड- १९ का कारणले गत वैशाखमा हुने कक्षा १२ को परीक्षा स्थगित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया