असार २१, २०८३ आइतबार July 5, 2026

पातपतिङ्गरबाट प्राङ्गरिक मल

मिचाहा प्रजातिको व्यवस्थापन, डढेलो नियन्त्रण तथा सामुदायिक वनको आयआर्जनमा ठूलो टेवा पुग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा, २१ असारः जिल्लाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरु गरेको छ । सहिदलखन गाउँपालिका–१ को रामलक्ष्मण सामुदायिक वन उपभोक्ता समूह तथा सोही वडाको बागपानी सामुदायिक वन उपभोक्ता समूहले पातपतिङ्गरबाट प्राङ्गरिक मल बनाउन सुरुआत गरेको हो ।

गोरखा नगरपालिका–८ को लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह तथा भीमसेनथापा गाउँपालिका वडा नं ५ को कलुवागैरा आँपगैरा कुटमिरे सामुदायिक वन उपभोक्ता समूह उक्त कार्यमा जुटेको हो । डिभिजन वन कार्यालय गोरखाको प्राविधिक तथा आर्थिक सहयोगमा सामुदायिक वनहरूले पातपतिङ्गरबाट प्राङ्गारिक मल बनाउन सुरु गरेका हुन् ।

कार्यालयले सामुदायिक वन समूहहरूलाई प्राङ्गरिक मल बनाउन आवश्यक मेसिन उपलब्ध गराएको डिभिजन वन कार्यालय गोरखाका वन अधिकृत शिशिर लम्सालले बताउनुभयो । यस्तै, वन समूहहरूलाई मल बनाउनका लागि आवश्यक तालिम तथा अभिमुखीकरण गराएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयको बायोमासमा आधारित प्राङ्गरिक मल उत्पादन कार्यक्रमअन्तर्गत मल बनाउने कार्यक्रम सञ्चालन गरेको अधिकृत लम्साल बताउनुहुन्छ । कार्यक्रमले पछिल्लो समय वन क्षेत्रमा चुनौतीका रूपमा फैलँदै गएको मिचाहा प्रजातिको सदुपयोग तथा व्यवस्थापनमा सहयोग पुर्याउने उहाँले बताउनुभएको छ ।

“वनमारालगायत मिचाहा प्रजाति व्यवस्थापन र रैथाने प्रजातिको संरक्षणमा कार्यक्रमले सहयोग पुर्याउँछ”, उहाँले भन्नुभयो । यसैगरी, प्राङ्गरिक मलको उत्पादनले रसायनिक मलको अभावलाई केही हदसम्म परिपूर्ति गरेर कृषि र वनको सम्बन्ध स्थापित गर्ने तथा जैविक कृषि प्रवर्द्धन गर्ने वन अधिकृत लम्सालको भनाइ छ ।

कार्यक्रमअन्तर्गत कार्यालयले सामुदायिक वन उपभोक्ता समूहकै नेतृत्वमा वनबाट पातपतिङ्गरहरू (वनमारा, झाडी, पात, काठको टुक्रा) सङ्कलन गर्छ । सङ्कलन भएका उक्त सामग्रीहरूलाई पाँचदेखि आठ फिट चौडाइ र तीनदेखि पाँच फिट उचाइको लामो तह बनाएर खुला ठाउँमा जम्मा गरिन्छ ।

मल बन्नका लागि उपयुक्त विधि तथा प्रक्रिया पुर्याएर आठदेखि १२ हप्ताभित्र उच्च गुणस्तरको प्राङ्गरिक मल तयार हुने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताउनुभयो । उहाँका अनुसार कार्यक्रमले मिचाहा प्रजातिको व्यवस्थापन, डढेलो नियन्त्रण तथा सामुदायिक वनको आयआर्जनमा ठूलो टेवा पुर्याउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उखु किसानको ९२ प्रतिशत रकम भुक्तानी गरिएको सरकारको दाबि
२०८३ असार २१, आइतबार
ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली
२०८३ असार २१, आइतबार
प्रतिनिधि सभाका दुई समितिको बैठक बस्दै
२०८३ असार २१, आइतबार
महिला टी-२० विश्वकपको फाइनलमा आज अस्ट्रेलिया र इङल्याण्ड आमने सामने
२०८३ असार २१, आइतबार
सरकारका १०० दिन र १०० बुँदे कार्यक्रमका बारेमा काँग्रेसले छलफल गर्दै
२०८३ असार २१, आइतबार
सुदूरपश्चिमको बजेट : निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
२०८३ असार २१, आइतबार
आजको मौसम : गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ असार २१, आइतबार