असार २१, २०८३ आइतबार July 5, 2026

सन्नी देओलको नयाँ फिल्म ‘बटवारा १९४७’ को टिजरले जित्यो दर्शकको मन

‘बटवारा १९४७’ को टिजरपछि बबी देओल भावुक, दाजुको खुलेर गरे प्रशंसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई । अघिल्ला चलचित्रहरू ‘गदर’ र ‘गदर २’ भारत पाकिस्तान छुटेपछि दुई देशका नागरिकको आवत जावत बन्दले प्रेममा निम्त्याएको समस्यामा आधारित थियो । यी दुई सुपर हिट चलचित्र दिएको सन्नी देओलले यति बेला फेरी यस्तै भारत पाकिस्तान छुटेपछिको समस्यामा आधारित चलचित्र ‘बटवारा १९४७’मा अभिनय गरेका छन् ।

यो चलचित्रको यति बेला टिजरसमेत सार्वजनिक गरिएको छ । टिजरले अहिले प्रशंसासमेत पाएको छ । मूल रूपमा ‘लाहोर १९४७’ नाम समेत रहेको यो चलचित्र आगामी १४ अगस्टमा विश्वव्यापी चलचित्र घरहरूमा रिलिज हुँदै छ । चलचित्रको रिलिज नजिकिँदै गर्दा यसको टिजर सार्वजनिक गरिएको हो । सन्नीका भाइ तथा अभिनेता बबी देओलले समेत अहिले यो टिजरको खुलेर प्रशंसा गरेका छन् । बबीले टिजरलाई सामाजिक सञ्जालमा शेयर समेत गरेका छन् ।

यो चलचित्र असगर वजाहतको प्रसिद्ध नाटक ‘जिस लाहोर नै वेख्या, ओ जम्या ऐ नै’ मा आधारित रहेको छ । टिजर अनुसार सन्नी देओलको यो चलचित्रले १९४७ को भारत–पाकिस्तान विभाजनको दर्दनाक कथालाई प्रस्तुत गरेको छ ।

यो चलचित्रमो संगीत ए.आर. रहमानले दिएका छन् । जसमा गीतहरू जावेद अख्तरले लेखेका छन् । टिजर अनुसार सनी देओलले ‘बटवारा १९४७’ मा सिकन्दर मिर्जाको भूमिका निर्वाह गरेका छन्। यो चलचित्रमा प्रीति जिन्टा, शबाना आजमी, अली फजल, अभिमन्यु सिंह र करण देओलको पनि मुख्य भूमिका रहेको छ ।

‘बटवारा १९४७’ को टिजर हेरेपछि बबी देओलले इन्स्टाग्राममा आफ्नो खुसी व्यक्त गर्दै टिजर सेयर गरेका छन् र त्यसमा यस्तो देखेका छन्, ‘तिमी नै सर्वश्रेष्ठ हौ, दाजु । म यो चलचित्रलाई लिएर धेरै उत्साहित छु र यसको उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको छु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया