असार २१, २०८३ आइतबार July 5, 2026

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागुऔषधसहित १७ जना प्रहरी फन्दामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २१ गते ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर  ३९ लाख ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई उक्त रकम ठगीको अभियोगमा शनिबार पक्राउ गरिएको हो ।

अभियुक्त पन्तले एकजना बेरोजगार युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख र खत्रीले दुबई पठाउने बहानामा छजनाबाट २३ लाख असुलेका थिए । दुवै अभियुक्तलाई कारबाहीका निम्ति वैदेशिक रोजगार विभाग चलान गरिएको छ ।

यसैबीच, नियमित गस्तीमा रहेको प्रहरी टोलीले काठमाडौँ, मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी
२०८३ असार २१, आइतबार
परिणाममुखी कार्यान्वयन नै अबको बालेन्द्र सरकारको परीक्षा : उपेन्द्र यादव
२०८३ असार २१, आइतबार
सरकार संविधान र संघीय गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको प्रचण्डको आरोप
२०८३ असार २१, आइतबार
अमेरिकाले स्वतन्त्रताको २५०औँ बर्षको उत्सव मनाउदै
२०८३ असार २१, आइतबार
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
२०८३ असार २१, आइतबार
सुर्यबंशीको डेभ्यु खेलमा भारत पराजित, इङल्याण्ड ४ विकेटले विजयी
२०८३ असार २१, आइतबार
बाँकेको कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु
२०८३ असार २१, आइतबार