असार २१, २०८३ आइतबार July 5, 2026

अमेरिकाले स्वतन्त्रताको २५०औँ बर्षको उत्सव मनाउदै

राजधानी वासिङ्टन डिसीमा देशकै इतिहासको सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अमेरिकाले आज स्वतन्त्रताको २५०औँ वर्षको उत्सव भव्य रूपमा मनाइरहेको छ । फिलाडेल्फिया, न्युयोर्क, वासिङ्टन डिसी लगायत सबै ५० राज्यमा परेड, ऐतिहासिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति आयोजना गरिएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राजधानी वासिङ्टन डिसीमा देशकै इतिहासको सबैभन्दा ठूलो आतसबाजी प्रदर्शन गरिने तयारी गरिएको छ ।

अत्यधिक गर्मी र खराब मौसमको पूर्वानुमानका बाबजुद ठूलो संख्यामा नागरिक विभिन्न समारोहमा सहभागी भइरहेका छन् । फिलाडेल्फियामा स्थानीय समयअनुसार दिउँसो १२ बजे घण्टी बजाएर विशेष कार्यक्रमको सुरुआत गरिएको थियो । इन्डिपेन्डेन्स मलमा अमेरिकी स्वतन्त्रता सङ्ग्रामसँग सम्बन्धित दृश्य तथा प्रस्तुति प्रदर्शन गरिएको छ ।

सन् १७७६ को जुलाई ४ मा उत्तर अमेरिकाका १३ वटा बेलायती उपनिवेशले स्वतन्त्रताको घोषणापत्र जारी गर्दै बेलायतबाट अलग हुने निर्णय गरेका थिए । सोही ऐतिहासिक दिनको सम्झनामा यस वर्षको विशेष उत्सवलाई ‘अमेरिका २५०’ नाम दिइएको छ ।

राष्ट्रपति ट्रम्पले खराब मौसमले समारोह प्रभावित नपार्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले भाषण राति ढिलो भए पनि आफू समारोहमा अनिवार्य रूपमा सहभागी हुने उल्लेख गर्दै वर्षाले अमेरिकाको २५०औँ उत्सव रोक्न नसक्ने बताएका छन् ।

यता मौसम विभागले वासिङ्टन डिसीमा भारी वर्षा, हावाहुरी र चट्याङको चेतावनी जारी गरेको छ। त्यसका कारण केही कार्यक्रमको समय र स्वरूप परिवर्तन गरिएको भए पनि ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प पूर्वनिर्धारित कार्यक्रमअनुसार समारोहमा सहभागी हुने र आतसबाजी पनि सम्भव भएसम्म तय गरिएको समयमै आयोजना गर्ने जनाएको छ । एभरेष्ट न्यूज एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भेनेजुएलाका भुकम्पमा परेका मध्ये अझै ४३ हजार बेपत्ता
२०८३ असार २१, आइतबार
कांग्रेस १५औं महाधिवेशन : निर्वाचन प्रक्रिया ‘डिजिटल’ र ‘पेपरलेस’ बनाउने तयारी
२०८३ असार २१, आइतबार
परिणाममुखी कार्यान्वयन नै अबको बालेन्द्र सरकारको परीक्षा : उपेन्द्र यादव
२०८३ असार २१, आइतबार
सरकार संविधान र संघीय गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको प्रचण्डको आरोप
२०८३ असार २१, आइतबार
अमेरिकाले स्वतन्त्रताको २५०औँ बर्षको उत्सव मनाउदै
२०८३ असार २१, आइतबार
हात्तीको आक्रमणमा आमाछोराको मृत्यु
२०८३ असार २१, आइतबार
सुर्यबंशीको डेभ्यु खेलमा भारत पराजित, इङल्याण्ड ४ विकेटले विजयी
२०८३ असार २१, आइतबार