मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
शनिबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्नुभएको प्रदेश आर्थिक विधेयक, २०८३ अन्तर्गतको बजेट प्रस्तावलाई पारित गरेको हो।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो। उक्त बजेटमाथि असार १६ गतेदेखि प्रदेश सभामा छलफल हुँदै आएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया