भाद्र ११, २०८३ बिहिबार August 27, 2026

संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी

सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजीको प्रयास गरेको भन्दै आलोचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २२ असार । श्रम संस्कृति पार्टीले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी गरेमा बिद्रोह हुने चेतावनी दिएका छन ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजीको प्रयास गरेको भन्दै  लोकतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षतामाथि छेडखानी नगर्न सरकारलाई चेतावनी दिएका छन ।

संविधान संशोधन गर्ने भए अहिलेको संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य रहेको व्यवस्था ५० प्रतिशत पुर्‍याउनु पर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतीय भुमी मिचेको छ’ भन्ने बिबादस्पद अभिव्यक्ति कहिले सच्चिन्छ ? भन्ने प्रश्न श्रम संस्कृति पार्टीले छाडेको छैन, उसको बिरोध कायमै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया