असार २५, २०८३ बिहिबार July 9, 2026

मध्यपूर्वमा तनाव बढ्दै जाँदा सबै पक्षलाई संयमता अपनाउन पाकिस्तानको आग्रह

समझदारी पत्रलाई यस क्षेत्रको लागि आपसी साझा समृद्धिको स्थायी आधारको रूपमा वर्णन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इस्लामावाद, २५ असार: मध्यपूर्वमा चलिरहेको चरणबद्ध वार्तको प्रयासको बावुजुत पुनः भड्किएको तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाई वार्ता र कूटनीति मार्फत मतभेद समाधान गर्न पाकिस्तानले आग्रह गरेको छ ।

विज्ञप्ति जारी गर्दै पाकिस्तानले संयुक्त राज्य अमेरिका र इरानबिचको नयाँ द्वन्द्व “कसैको पनि हितमा नभएको बताएउदै यस्ता क्षेत्रीय शान्ति र स्थिरतालाई थप कमजोर पार्ने कार्यहरूबाट टाढा रहन सबै पक्षहरूलाई आह्वान गरेको छ ।

यस क्षेत्रमा शान्तिको साझा लक्ष्य हासिल गर्न निरन्तर संलग्नता, संवाद र कूटनीतिको कुनै विकल्प नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विदेश कार्यालयले सबै पक्षहरूलाई इस्लामाबाद समझदारी ज्ञापनपत्र अनुसार आ–आफ्नो प्रतिबद्धता कायम राख्न आग्रह गर्दै समझदारी पत्रलाई यस क्षेत्रको लागि आपसी साझा समृद्धिको स्थायी आधारको रूपमा वर्णन गरेको छ ।

यसैबीच पाकिस्तान क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्न आफ्नो भूमिका निर्वाह गर्न सधै तयार रहेकोसमेत जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया