असार २९, २०८३ सोमबार July 13, 2026

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु राज्य, समाज र प्रत्येक नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्। २१३औँ भानु जयन्तीको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्‍याएको योगदानलाई केवल स्मरणमा सीमित नराखी व्यवहारमा आत्मसात गर्नुपर्नेमा जोड दिए।

सभामुख अर्यालले भानुभक्त आचार्यले नेपाली भाषालाई जनसाधारणसम्म पुर्‍याएर राष्ट्रिय एकताको आधार निर्माणमा ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै उहाँको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा विकासमार्फत राष्ट्रिय पहिचानलाई अझ सुदृढ बनाउन सबैले साझा प्रयास गर्नुपर्ने धारणा राखे।

उनले आधुनिक प्रविधिको तीव्र विकास, विश्वव्यापी प्रतिस्पर्धा र परिवर्तनशील सामाजिक संरचनाका कारण नेपाली भाषा, साहित्य र संस्कृतिमाथि नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै मौलिक पहिचान जोगाउन राज्यसँगै शैक्षिक संस्था, साहित्यकार, सञ्चारमाध्यम र नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको बताए।

सभामुख अर्यालले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गर्न आधुनिक प्रविधिको उपयोग गर्दै सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भाषा र संस्कृतिको संरक्षणले मात्र राष्ट्रिय स्वाभिमान, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई दीर्घकालसम्म जीवन्त राख्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा साहित्यकार, संस्कृतिकर्मी, शिक्षाविद् तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सहभागीहरूले आदिकवि भानुभक्त आचार्यको योगदानको स्मरण गर्दै नेपाली भाषा र साहित्यको संरक्षण तथा समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजपा निकट आम महिला मोर्चाको केन्द्रीय अध्यक्षमा कुमारी बबिता
२०८३ असार २९, सोमबार
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ
२०८३ असार २९, सोमबार
नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल
२०८३ असार २९, सोमबार
मुलुकलाई केन्द्रमा राखेर प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँः आङ्देम्बे
२०८३ असार २९, सोमबार
डिष्ट्रिक्ट ३२५ ‘के’ को डीजी टिम चेयरिङ सम्पन्न, सेवा र नेतृत्व विकासमा जोड
२०८३ असार २९, सोमबार
पूर्वाधार विकासमा अग्रसर व्यास
२०८३ असार २९, सोमबार
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्र योजना अधुरै
२०८३ असार २९, सोमबार