असार ३०, २०८३ मंगलबार July 14, 2026

मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने

आगामी आव २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम, ३० असारः मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ ।

बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आव २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।

यही असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले आगामी आव २०८३/८४ का लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेटवार्ता
२०८३ असार ३०, मंगलबार
उपराष्ट्रपति आज कतारको औपचारिक भ्रमणमा जानुहुँदै
२०८३ असार ३०, मंगलबार
विश्वविद्यालयमा १० प्रतिशत छात्रवृत्ति सुनिश्चित गर्न उपकुलपतिको संयुक्त पहल
२०८३ असार ३०, मंगलबार
नागरिक एपबाटै देशभरको रगतको मौज्दात हेर्न सकिने
२०८३ असार ३०, मंगलबार
बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३०, मंगलबार
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
२०८३ असार ३०, मंगलबार
धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते
२०८३ असार ३०, मंगलबार