कार्तिक १, २०८३ आइतबार October 18, 2026

प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० असारः प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले समसामयिक र जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा सांसद डा अमरेशकुमार सिंहले जनतामा निराशा छाएको अवस्थामा सरकार तथा प्रतिपक्ष दलहरूले उत्साह भर्ने खालको गतिविधि सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“जनता र लोकतन्त्र रहेमात्रै मुलुक रहन्छ”, उहाँले भन्नुभयो, “अहिले देखिएको निराशा र नैराश्यता चिर्नका लागि सत्तापक्ष र प्रतिपक्षहरू एकजुट भएर राष्ट्रिय निर्माणमा अग्रसर हुनुपर्ने बेला भइसकेको छ ।”

सांसद सिंहले पछिल्लो हप्ता आत्मदाहको प्रयास गरेर मृत्युवरण गरेका तीनै जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

सांसद खडकबहादुर बुढाले अविरल वर्षासँगै यही असार २८ गते आएको पहिरोले घर पुरिएर भेरी नगरपालिकाका जयशीला शाहको मृत्यु भएकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सांसद बुढाले भूकम्प प्रभावित जनताले कहिलेसम्म यस्तो खालको घटनामा ज्यान गुमाउनुपर्ने हो भनी सरकारसँग जवाफ माग गर्नुभयो ।

सांसद नरेन्द्रकुमार केरुङ वर्षायाम सुरु भएसँगै इलाम, पाँचथर र ताप्लेजुङमा पेट्रोलियम पदार्थसहित एलपिजी ग्यासलगायतको चरम अभाव भई सर्वसाधारणको जनजीवन प्रभावित भएको विषयलाई गम्भीर रुपमा लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले मेची राजमार्गअन्र्तगतको राजदुवाली सडकखण्डको नियमित मर्मतसम्भार नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेकाले मर्मतसम्भारको काम अघि बढाउन अनुरोध गर्नुभयो ।

सांसद दीपककुमार साहले दैनिक १२ देखि १८ घण्टासम्म विद्युत्को आपूर्ति नहुँदा सुनसरीका जनताले सास्ती व्यहोर्नुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्युत्को नियमित मर्मतसम्भारका लागि नेपाल सरकारसँग माग गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार