मंग्सिर २, २०८३ बुधबार November 18, 2026

युरोपेली युनियनद्वारा गाजाका विशेष लागि पहल सुरु

युरोपेली युनियनले जापान, युरोपेली लगानी बैङ्क र विश्व बैङ् १२ वटा युरोपेली देशहरू यस पहलमा सहभागि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ब्रसेल्स, ३० असार  : युरोपेली युनियनले ८८ करोड ३६ लाख युरोको प्रारम्भिक रकमका साथ १५ वटा साझेदारहरू सँग मिलेर गाजाकोलागि विशेष पहल समुह (“टीम गाजा इनिसिएटिभ“ ) सुरु गर्ने घोषणा गरेको जनाइएको छ ।

प्रेस विज्ञप्ती जारी गर्दै युरापेली युनियनले गाजाका जनताका लागि चलिरहेको र योजना–बद्ध प्रारम्भिक सुधार तथा पुनःस्थापना परियोजनाहरूको कार्यान्वयनलाई समर्थन गर्न ब्रसेल्समा प्यालेस्टाइन दाता समुहको बैठकमा पहल सुरु गरिएको उल्लेख गरेको हो ।

आफू लगातय युरोपेली युनियनले जापान, युरोपेली लगानी बैङ्क र विश्व बैङ् १२ वटा युरोपेली देशहरू यस पहलमा सहभागि भएको बताएको छ ।

प्यालेस्टाइन दाता समुह (पिडिजी) को दोस्रो बैठकको सह–अध्यक्षता प्यालेस्टिनी प्राधिकरण (पीए) का प्रधानमन्त्री मोहम्मद मुस्तफा र भूमध्यसागरीय आयुक्त डुब्राभ्का सुइकाले गर्नु भएको थियो ।

बैठकमा विदेश मामिला तथा सुरक्षा नीतिका लागि ईयूका उच्च प्रतिनिधि र दाता देशहरू, दाता संस्थाहरू र अन्तर्राष्ट्रिय साझेदारहरूका प्रतिनिधिहरूले प्यालेस्टिनी सरकारलाई सहयोग गर्न र गाजा पट्टीमा प्रारम्भिक सुधार र पुनः र्निर्माणको आवश्यक प्रतिक्रियालाई सुदृढ पार्न छलफल गरेको जनाइएको छ ।रासस / क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय भेलाः जनजीवनदेखि पार्टीभित्रका समस्या केलाइँदै
२०८३ मंग्सिर २, बुधबार
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
२०८३ मंग्सिर २, बुधबार