कार्तिक १, २०८३ आइतबार October 18, 2026

जनतासँग निरन्तर संवाद गर्न सभामुखको आग्रह

जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३१ असारःसभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने विचार व्यक्त गर्दै जनतासँग निरन्तर संवाद गर्न सांसदहरूसँग आग्रह गर्नुभएको छ ।

बैठकको अन्त्यमा उहाँले संसद् लोकतन्त्रको केन्द्रबिन्दु भएकाले जनतासँग निकटाता बढाउँदै उनीहरूका आवाज सदनमार्फत अभिव्यक्त हुनुपर्ने बताउनुभयो ।

“प्रतिनिधिसभाका सदस्यहरू जनप्रतिनिधिसँगै जनता र संसद्बीच विश्वास, संवाद र उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन् । जनताका आवाज, आकाङ्क्षा र अपेक्षालाई संसदको निर्णय प्रक्रियासम्म पु¥याउने र संसदका निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो ।’’, सभामुख अर्यालले भन्नुभयो, “जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो ।’’

प्रतिनिधिसभाको बैठक अगामी साउन १४ गते बस्ने जानकारी दिँदै सभामुखले यसबीचमा जारी भएका राज्यका नीति तथा सम्पादन भएका कार्यक्रम, तर्जुमा गरिएका कानून र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया, चासो र सुझाबहरु सुन्ने र बुझ्ने प्राथमिक दायित्व सांसदहरुको हुने बताउनुभयो ।

“हाम्रो संविधानले सङ्घ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित हुने संवैधानिक सिद्धान्त स्थापित गरेको छ । यो संवैधानिक मूलमर्मलाई आत्मसात गर्दै तीनवटै तहवीचको विकास, कानून निर्माण एवं सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयलाई थप सुमधुर तुल्याउने र प्रदेश सरकार एवम् स्थानीय तहका भोगाई, जटिलता र अपेक्षाहरुलाई सङ्घीय तहसँग जोड्ने नेतृत्वदायी भूमिका समेत प्रतिनिधिसभा सदस्यले लिनुपर्दछ ’’, सभामुख अर्यालले भन्नुभयो, “तीनवटै तहबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, जनताका आवाजलाई सदनसँग जोड्ने र विधेयकहरुमाथि व्यापक बहसको पृष्ठभूमि तयार गर्ने महत्वपूर्ण कार्यमा आफ्ना मतदाता एवं नागरिकसमक्ष पुग्न माननीय सदस्यहरुलाई समय आवश्यक भएको महसुस गरेको छु ।’’

सांसदमार्फत सङ्कलित जनताका विषयहरू पुनः सदनमा प्रवेश गर्ने, संसदको आवाज बन्ने र सरकारको जवाफदेहिताको विषय बन्ने विशवास व्यक्त गर्दै उहाँले जनताबाट संसदसम्म समस्या र संसदबाट सरकारसम्म समाधानको माग पुगेर जनताका आवाजको समाधान हुनु नै प्रतिनिधिमूलक लोकतन्त्रको शक्ति हो भन्नुभयो ।

सरकारले आगामी आर्थिक वर्षलाई ‘कानून निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको सन्दर्भमा प्रचलित कानूनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानून निर्माणको यस अभियानमा संसद्को महत्वपूर्ण भूमिका हुने भएकाले आगामी बैठकमा सदस्यहरू पनि अझ सक्रिय हुने विश्वास सभामुखले व्यक्त गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार