असार ३२, २०८३ बिहिबार July 16, 2026

म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का

अर्को करिब २८० यात्रु बोकेको डुङ्गा जुलाई ८ मा म्यान्माको अय्यारवाडी तट नजिक डुबेको अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जेनेभा, ३२ असार (रासस/एएफपी) : संयुक्त राष्ट्रसङ्घले म्यान्माबाट रोहिङ्ग्या शरणार्थी बोकेर गएका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी मानिसको ज्यान गएको वा बेपत्ता भएको आशङ्का व्यक्त गर्दै यसलाई सम्भावित मानवीय विपत्ति भएको जनाएको छ । घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि प्रारम्भिक विवरणले ठूलो मानवीय क्षतिको सङ्केत गरेको राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) र संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) ले संयुक्त वक्तव्य जारी गर्दै जुनको अन्त्यतिर द्वन्द्वग्रस्त म्यान्माको राखाइन राज्यबाट प्रस्थान गरेका दुई डुङ्गा दुर्घटनामा परेको आशङ्का गरिएको जनाएको हो । ती डुङ्गामा अधिकांश यात्रु रोहिङ्ग्या मुस्लिम अल्पसङ्ख्यक समुदायका सदस्य रहेको बताइएको छ । केही यात्रु बङ्गलादेशको कोक्स बजारस्थित विशाल शरणार्थी शिविरबाट यात्रा थालेका थिए । कोक्स बजारस्थित शरणार्थी शिविरमा १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थी बसोबास गर्दै आएका छन् ।

राष्ट्रसङ्घका अनुसार करिब २५० यात्रु रहेको एउटा डुङ्गासँग यात्रा सुरु गरेको केही समयमै सम्पर्क विच्छेद भएको थियो । अर्को करिब २८० यात्रु बोकेको डुङ्गा जुलाई ८ मा म्यान्माको अय्यारवाडी तट नजिक डुबेको अनुमान गरिएको छ ।

युएनएचसीआर र आइओएमले घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहे पनि सम्भावित ठूलो जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । दुवै निकायले यी यात्रा सामान्य समुद्री यात्राको मौसमभन्दा बाहिर गरिएको उल्लेख गर्दै त्यसबेला समुद्रको अवस्था अत्यन्त जोखिमपूर्ण हुने र पछिल्लो समय परेको अविरल वर्षा तथा बाढीले जोखिम अझ बढाएको बताएका छन् ।

यदि घटनाको पुष्टि भएमा यस वर्ष अन्डमान सागर र बङ्गालको खाडी क्षेत्रमा रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक गरी बेपत्ता वा मृत्यु हुनेको सङ्ख्या करिब ३०० ले थप वृद्धि हुने राष्ट्रसङ्घले जनाएको छ ।

रोहिङ्ग्या समुदायका मानिसहरू हरेक वर्ष सुरक्षित जीवन र राम्रो अवसरको खोजीमा मानव तस्करहरूले सञ्चालन गर्ने जोखिमपूर्ण समुद्री यात्रामा निस्कने गरेका छन् । युएनएचसीआरका अनुसार गत वर्ष मात्रै छ हजार ५०० भन्दा बढी रोहिङ्ग्यामध्ये करिब ९०० जना उत्तर हिन्द महासागर पार गर्ने क्रममा बेपत्ता भएका वा मृत्यु भएको विवरण प्राप्त भएको थियो ।

राष्ट्रसङ्घीय निकायहरूले म्यान्मामा जारी द्वन्द्व, बिग्रँदो मानवीय अवस्था, बङ्गलादेशका शरणार्थी शिविरमा सीमित सहायता तथा अवसरका कारण रोहिङ्ग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भइरहेको उल्लेख गरेका छन् । साथै, मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालहरूले उनीहरूको निराशाको फाइदा उठाइरहेकोप्रति पनि चिन्ता व्यक्त गरेका छन् ।

आइओएम र युएनएचसीआरले खोज तथा उद्धार अभियान विस्तार गर्न, शरण र संरक्षणमा पहुँच सुनिश्चित गर्न तथा मानव तस्करी र अवैध ओसारपसार गर्ने सञ्जालविरुद्ध प्रभावकारी कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । साथै, वर्षौंदेखि रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको बङ्गलादेशको प्रशंसा गर्दै शरणार्थी र उनीहरूलाई आश्रय दिने समुदायका लागि दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोग तथा जबर्जस्ती विस्थापनका मूल कारण समाधान गर्न थप प्रयास आवश्यक रहेकोमा जोड दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
२०८३ असार ३२, बिहिबार
त्रिवि पाठ्यक्रम विकास केन्द्रले समकक्षता निर्धारण कार्य बन्द गर्ने
२०८३ असार ३२, बिहिबार
सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित
२०८३ असार ३२, बिहिबार
प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
२०८३ असार ३२, बिहिबार
म्यान्माका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
२०८३ असार ३२, बिहिबार
वर्षा हुन थालेपछि रोपाइँ तीव्र
२०८३ असार ३२, बिहिबार