कार्तिक १, २०८३ आइतबार October 18, 2026

संघीय संसदका चार समितिको बैठक बस्दैँ, यस्ता छन् अजेन्डा

महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने राष्ट्रिय समावेशी आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, १ साउन । संघीय संसद अन्तर्गतका चार समितिको बैठक बस्दैँछन् । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठक दिउसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल गरिनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पुरानै अजेन्डा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ उपर विषय विज्ञहरूसँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजेका लागि बोलाइएको छ । जुन बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयको संक्षिप्त परिचयसहित वन तथा पर्यावरण क्षेत्रमा हालसम्म सम्पादित कामकारबाही, आर्थिक वर्ष २०८२-८३ को प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गरिने भएको छ ।

र, अर्को अजेन्डाको रूपमा आर्थिक वर्ष २०८२-८३ मा रासायनिक मलको खरिद, आयात, वर्तमान मौज्दात र स्थानीय तहसम्मको वितरण अवस्थाको समीक्षा तथा आगामी दिनको ढुवानी, भण्डारण र मल आपूर्ति तालिका एवं सोको कार्यतालिका सम्बन्धी मध्यकालीन तथा दीर्घकालीन  रणनीति बारे छलफल हुनेछ ।

साथै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा भने राष्ट्रिय समावेशी आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार