श्रावण २, २०८३ शनिबार July 18, 2026

लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको एड्भाइजरी काउन्सिल बैठक भोलिदेखि चितवनमा

दुईदिने बैठकमा डिष्ट्रिक्टका पदाधिकारी, पूर्व गभर्नर तथा लायन्स नेतृत्वको सहभागिता रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालको लायन वर्ष २०२६/२७ को एड्भाइजरी काउन्सिल बैठक भोलिदेखि चितवनस्थित रिजेन्ता रिसोर्टमा सुरु हुँदैछ। साउन ३ र ४ गते सञ्चालन हुने दुईदिने बैठकमा डिष्ट्रिक्टका पदाधिकारी, पूर्व गभर्नर तथा लायन्स नेतृत्वको सहभागिता रहनेछ।

डिष्ट्रिक्ट चिफ एड्भाइजर मिनराज काफ्लेको अध्यक्षतामा हुने बैठकमा आगामी एक वर्षका लागि डिष्ट्रिक्टको कार्ययोजना, सेवा परियोजना, सदस्यता विस्तार, नेतृत्व विकास, क्लब सुदृढीकरण तथा अन्य रणनीतिक विषयमा विस्तृत छलफल गरिने कार्यक्रम रहेको छ। बैठकबाट आगामी कार्यकालका लागि मार्गदर्शन गर्ने डिक्लेरेशन (घोषणापत्र) समेत जारी गर्ने तयारी गरिएको कार्यक्रम संयोजक मिनराज काफ्लेले बताए ।

बैठकमा डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारी, पूर्व डिष्ट्रिक्ट गभर्नर तथा मल्टिपल काउन्सिल को-अर्डिनेटर सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर विष्णुहरि फुँयाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर हसन कुमार गोपालीसहित डिष्ट्रिक्टका क्याबिनेट पदाधिकारी र विभिन्न समितिका संयोजकहरूले आ–आफ्नो कार्ययोजना तथा धारणा प्रस्तुत गर्ने कार्यक्रम छ।

आयोजकका अनुसार बैठकमा करिब ८५ जना लायन लिडर सहभागी हुनेछन्। कार्यक्रमको सञ्चालन डिष्ट्रिक्ट पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठले गर्नेछन्। बैठकले डिष्ट्रिक्ट ३२५ के नेपालको आगामी एक वर्षको नीति, प्राथमिकता र सेवा अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया