असोज ६, २०८३ मंगलबार September 22, 2026

उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि प्योङयाङ र मस्कोबीच सम्बन्ध थप मजबुत बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, २ साउन (रासस/एएफपी) : उत्तर कोरियाका विदेशमन्त्री चोई सोन हुईले शनिबार मस्कोको भ्रमण गर्नुभएको छ । चोईले आफ्ना रूसी समकक्षी सर्गेइ लाभरोभसँग वार्ता गर्ने कार्यक्रम रहेको रूसी विदेशमन्त्रालयले जनाएको छ ।

उत्तर कोरियाली नेता चोई सोन हुई ‘जुलाई १८ मा रुसी सङ्घको औपचारिक भ्रमणका लागि’ मन्त्री लाभरोभको निमन्त्रणामा आउनुभएको हो ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि प्योङयाङ र मस्कोबीच सम्बन्ध थप मजबुत बन्दै गएको छ ।

दुई देशबीच सन् २०२४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्योङयाङ भ्रमण गर्दा रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो ।

उत्तर कोरियाले युक्रेनमा रुसलाई सहयोग गर्न मिसाइल, गोलीगठ्ठा र हजारौँ सैनिक पठाएको छ । विश्लेषकहरूका अनुसार मस्कोले कूटनीतिक रूपमा अलग–थलग रहेको देशलाई आर्थिक सहायता, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा उपलब्ध गराइरहेको छ ।

अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उनले रुसलाई युद्ध जित्न सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

रुसी रक्षा मन्त्री आन्द्रेई बेलौसोभ र अन्य उच्च पदाधिकारीहरू अप्रिलमा प्योङयाङ गएका थिए जसमा सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

बेलौसोभले मस्कोले सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि सहकार्य योजना विस्तार गर्न तयार रहेको बताउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया