श्रावण ५, २०८३ मंगलबार July 21, 2026

प्रस्तावित प्रमुखसहित निर्वाचन आयुक्तद्वयको सुनुवाइ यही साउन १२ र १३ गते

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ५ साउनः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तद्वयको संसदीय सुनुवाइ यही साउन १२ र १३ गते हुने भएको छ ।

संवैधानिक परिषद्ले गत असार ११ गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तद्वयमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

समितिको आजको बैठकले साउन १२ गते आयुक्तद्वय र साउन १३ गते प्रमुख आयुक्तको संसदीय सुनुवाइ गर्ने कार्यसूची स्वीकृत गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्तद्वयले आफ्नो योग्यता, अवधारणा, सोच र अनुभव प्रस्तुत गर्नुहुनेछ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी परे तापनि प्रस्तावित आयुक्तद्वयका सम्बन्धमा कुनै सिकायत प्राप्त नभएको समितिले जनाएको छ ।

समितिले गत असार २५ गते उहाँहरुका सम्बन्धमा सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो । समितिको कार्यविधिअनुसार आजको बैठकमा प्राप्त उजुरी खोलेर अध्ययनका लागि वितरण गरियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन कुलमानको माग
२०८३ श्रावण ५, मंगलबार
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना छ : संयोजक दाहाल
२०८३ श्रावण ५, मंगलबार
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेपाल नामिबियासँग ८ विकेटले पराजित
२०८३ श्रावण ५, मंगलबार
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै
२०८३ श्रावण ५, मंगलबार
विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ
२०८३ श्रावण ५, मंगलबार
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
२०८३ श्रावण ५, मंगलबार
शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
२०८३ श्रावण ५, मंगलबार