कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

‘पीएम नरेन्द्र मोदी’ फिल्म सिनेमा हलमै रिलिज हुने, लकडाउनपछि पहिलोपटक हलमा लाग्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । अब भने १५ अक्टोबरबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’  रिलिज हुने भएको छ । गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।

अक्टोबर १५ का दिन भारतीय चलचित्र घरमा यो फिल्म पुनः देखाइनेछ । यसका लागि निर्माताले पुनः पोस्टर समेत सार्वजनिक गरिसकेका छन् । पीएम नरेन्द्र मोदी नामक चलचित्रमा विवेक ओबेरायले मोदीको भूमिका निर्वाह गरेका छन् । फिल्ममा मोदीको जीवन यात्रा वर्णन गरिएको छ ।

फिल्म गत वर्षको मे २४ मा रिलिज भएको थियो । फिल्मले त्यती राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका छन् ।

बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायलाई फिल्ममा फरक फरक नौ भूमिकामा देख्न सकिनेछ । – एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुन तोलामा ८०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य २५ रुपैयाँले घट्यो
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
२०८३ कार्तिक १०, मंगलबार
चलचित्र निर्माणमा साढे ३ करोड अनुदान, २१ दिनको समयावधी सहित मन्त्रालयद्वारा आवेदन आह्वान
२०८३ कार्तिक १०, मंगलबार
हुम्लामा चार करोड खसीको व्यापार
२०८३ कार्तिक १०, मंगलबार
राष्ट्रिय सभाको विपद अध्ययन विशेष समितिको बैठक बस्दै
२०८३ कार्तिक १०, मंगलबार
सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला
२०८३ कार्तिक १०, मंगलबार
पर्यटकको पर्खाइमा मण्डनदेउपुरको रमणीय पर्यटकीय गन्तव्य कोटथुम्का
२०८३ कार्तिक १०, मंगलबार